आइसिटी अवार्ड २०२३ का उत्कृस्ट १२ स्टार्टअप
आइसिटी अवार्ड २०२३को छनौट प्रक्रिया अन्तर्गत दोस्रो चरणमा उत्कृस्ट १२ सार्बजनिक भएका हुन् । अवार्डको छनौटमा उत्कृष्ट १२ स्टार्टअप, उत्कृस्ट १३ राइजिङ स्टार इन्नोभेसन र उत्कृस्ट १४ प्रडक्टहरू सार्वजनिक भएका छन् । विधा ए अन्तर्गत स्टार्टअप, प्रडक्ट र राइजिंग स्टार इन्नोभेसन आइसिटी अवार्ड २०२३ को छनौट प्रक्रिया जारी छ ।
उत्कृष्ट १२ स्टार्टअपमा एरिया टेक्नोलोजिज प्रालि, भोजमाण्डु फुड प्रलि, दियो एआई टेक्नोलोजी प्रालि, जीजी कर्पोरेसन प्रालि, लेन्समी अप प्रालि, नेपाट्रोनिक्स इन्जिनियरिङ सोलुसन प्रालि, क्विकफक्स कन्सल्टिङ प्रालि, रासन टेक्नोलोजिज प्रालि, स्टेलर कम्प्युटर सिस्टम प्रालि, टास्क सेवा प्रालि, अपटाउन प्रालि र यार्सा टेक प्रालि रहेका छन् ।
यस्तै उत्कृष्ट १३ राइजिङ स्टार इन्नोभेसनमा ब्ल्यांकसर, ब्लकचेन नेटवर्क फर ई(गभर्नेन्स, क्याटल मोनिटरिङ सिस्टम, डिजाइन एण्ड फ्याब्रिकेसन अफ इलेक्ट्रिक थ्रीह्विलर, ड्रेसन, दृश्य इपिसेन्टर होस्टिङ, इन्टर्नसाथी, लोचन, ओम्निकल, प्रष्ट नेपाली, स्पीड डिटेक्सन एण्ड नम्बर प्लेट रिकग्निसन र वेयरप्लान मिरर रहेका छन् ।
त्यसैगरी उत्कृष्ट १४ प्रडक्टमा विधि एचआरएमएस एण्ड पेरोल सफ्टवेयर, बिस्कुन डटकम, डिजिबज, ईमेडिवेयर, फास्ट बैंकिङ, जस्टचेक, खातापाना, मनिमित्र, निजी पावर, क्विकआरपीए, सफा नेपाल, सिंगेज प्लस र यात्री पी(वान रहेका छन् । उत्कृस्ट १२ ले छनौट प्रक्रिया अन्तर्गत अब स्टार्टअप एण्ड आइडिया फेस्ट, प्रिजेन्टेसन् र स्पिड डेटिंङ सेसनमा सहभागी हुनेछन् । उक्त सेसनहरुबाट उत्कृस्ट ५ को छनौट भएर पब्लिक भोटिंङ संचालन हुनेछ । सर्बोत्क्रिस्ट छनौटको लागि फिल्ड भिजिट समेत हुनेछ ।
यसैगरी ब्यप्तिगत अवार्ड विधाहरु९बि०मा योनियर आइसिटी अवार्ड, आन्टरप्रेनर आइसिटी अवार्ड, नेपाली डायस्पोरा आइसिटी अवार्ड र वुमन आइकन आइसिटी अवार्ड रहेका छन् । विधा सि अन्तर्गत डिजिटल एजुकेशन आइसिटी अवार्ड (पब्लिक सेक्टर), डिजिटल एजुकेशन आइसिटी अवार्ड (प्राइभेट सेक्टर), डिजिटल गभर्नेन्स आइसिटी अवार्ड र डिजिटल सर्भिसेस आइसिटी अवार्ड रहेका छन् ।
दक्षिण एसियाली देशहरुलाई लक्षित गरेर साउथ एसिया स्टार्टअप अवार्ड २०२३ पनि संचालनमा रहेको छ । यी सबै विधाहरुमा छनौट प्रक्रिया संचालनमा रहेको छ । छनौट प्रक्रियाको लागि नेपालबाट १४ र अन्य देशका ४ जना जुरी सदस्य रहेका छन् भने १५ जनाको बिशिस्ट सल्लाहकार समित गठन भएको छ ।
लिभिङ विथ आइसिटीको मुख्य आयोजनामा हुने आइसिटी अवार्डमा विभिन्न संस्थाहरूको सहकार्य रहनेछ । सन् २०१६ बाट सुरु भएको आइसिटी अवार्ड हरेक वर्ष परिस्कृत र विस्तारित रुपमा आयोजना हुँदै आइरहेको छ । आइसिटी अवार्डको प्रि(इभेन्टको रूपमा काठमाडौंको बानेश्वर बैंक्वयटमा असोज १९ र २० गते स्टार्टअप एण्ड आइडिया फेस्ट कार्यक्रम पनि सञ्चालन हुँदैछ ।
यसैगरी स्टार्टअप, आइडिया र इन्नोभेसनको पिचिङसहित छनौट प्रकृयालाई कान्तिपुर टेलिभिजनमार्फत पनि विशेष एपिशोड प्रशारण गरिने आयोजकले जनाएको छ । आइसिटी अवार्डको छनौट प्रकृया नेपालमा हुने अवार्डहरुमध्ये सबैभन्दा वृहत, निष्पक्ष र पारदर्शी रहने आयोजकको दाबी रहेको छ । अवार्डको छनौट प्रकृयाको लागि विभिन्न २५ चरणमा जुरी समितीको मिटिङ तथा प्रिजेन्टेशन सेसनहरु सञ्चालन हुनेछन । बिस्तृत जानकारीको लागि वेबसाइट www.ictaward.org यचन हेर्न सकिनेछ ।
क्याटेगोरी : मनोरञ्जन
ताजा अपडेट
- अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता
- चार महिनामा साढे चार खर्ब व्यापार घाटा
- ‘क्रेडिट रेटिङ’ पछि नेपालले लिनुपर्ने लाभ के हो ?
- समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम लिइन्न : महासचिव चन्द
- कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते
- इन्भेष्टमेन्ट कम्पनीको शेयर कारोबारसम्बन्धी नयाँ प्राबधान
- काठमाडौँमा शनिबार तीन शव भेटिए
- चिनियाँ दूतावासद्वारा ‘क्षत्रपाटी निःशुल्क चिकित्सालय’ लाई विद्युतीय सवारी हस्तान्तरण
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया