पर्यटन र हरित लगानी
काठमाडौं । विश्वभर हरेक वर्ष सेप्टेम्बर २७ का दिन विश्व पर्यटन दिवस मनाइन्छ । नेपालमा पनि हिजो (बुधबार) पर्यटन दिवस मनाइयो । यस वर्ष ४४ औँ विश्व पर्यटन दिवस नेपाललगायत संसारभर नै मनाइयो । यस वर्षको पर्यटन दिवसको नारा भने पर्यटन र हरित लगानी भन्ने रहेको थियो । यसरी पर्यटनमा वातावरणमैत्री संरचनाको निर्माण र प्राकृतिक स्रोत साधनोन्मुख पर्यटनलाई आधार मानेर हरित लगानीका कुराहरू यस वर्ष व्यापक छलफल गरिने छ । यसरी हरेक वर्ष नेपालको हिमालयमा रमाउन, हिमालहरू आरोहण गर्न, पदयात्रा गर्न, धार्मिक पर्यटनको रूपमा, अनि अन्य विभित्र कुराहरू अवलोकन गर्न लाखौँ पर्यटकहरू नेपाल आउने गर्छन् । तर पर्यटनको अधिक सम्भावना हुँदाहुदै पनि नेपालले पर्यटनबाट उचित लाभ लिन सकेको भने छैन । सर्वप्रथम पर्यटनको सुरुवात गर्नेमा मार्को पोलो, भास्को डिगामा, क्याप्टेन कुकलगायत रहेका छन् । जसको अन्वेषण र भ्रमणले संसारमा संस्कार, सभ्यता र विकासको लहर फैलाएका थिए । तसर्थ, उनीहरू पनि एकहिसाबले नयाँ कुरा पत्ता लगाउन र नयाँ ठाउँको खोजी गर्न निस्किएका थिए । उनीहरूले गर्दा नै हाल संसारमा धुमफिर गर्नुपर्छ भन्ने भावनाको विकास भएको मान्न सकिन्छ । जसले गर्दा आज आएर संसार भ्रमणका क्रममा ज्ञान विज्ञान, नयाँ कुरालगायत विभिन्न कुरा सिक्ने मौका मिलेको छ । अर्कोतर्फ हेर्ने हो भने पर्यटनले गर्दा देशमा विदेशी मुद्राको आर्जन, रोजगारीको सिर्जना, सार्वजनिक र व्यक्तिगत आयको स्रोत, सांस्कृतिक आदानप्रदान अनि राष्ट्रको छवि बढाउन सहयोग पुगेको छ । मूलतः सन् २०१८ मा नेपाल आउने कुल पर्यटकको संख्या ११ लाख ७३ हजार ७२ रहेको र तिनको नेपालमा औसत बसाइ १२ दशमलव चार दिन मात्र रहेको पाइन्छ । त्यसरी नै सन् २०१९ मा हालसम्मकै धेरै पर्यटक संख्या नेपाल भ्रमण गर्न आएका थिए ।
तिनीहरूमध्ये हवाई मार्गबाट नौ लाख ९५ हजार आठ सय ८४ जना पर्यटनहरू आएका थिए भने सडक मार्गबाट भने दुई लाख एक हजार तीन सय सात जना गरी जम्माजम्मी ११ लाख ९७ हजार एक सय ९१ जना पर्यटनहरू आएको संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले जनाएको छ । यसमा पुरुषको संख्या भने छ लाख २६ हजार आठ सय ६६ जना छ भने महिलाको संख्या पाँच लाख ७० हजार तीन सय २५ रहेको थियो । त्यस्तैगरी नेपालमा सन् २०२० मा भने विश्वव्यापी कोरोना महामारीको कारणले गर्दा देशमा आउने पर्यटनहरू ८१ दशमलव छ प्रतिशतले घटेको तथ्याङ्कमा देखिन्छ । जसमा हवाई मार्गबाट एक लाख ८३ हजार एक सय ३० जना पर्यटनहरू आएका थिए भने सडक मार्गबाट भने ४६ हजार नौ सय ५५ जना गरी जम्माजम्मी दुई लाख ३० हजार ८५ जना पर्यटनहरू आएको तथ्याङ्कले देखाएको छ । जसलाई प्रतिशतमा हेर्ने हो भने स्न २०१९ तुलनामा सन् २०२० मा ७६ दशमलव सात प्रतिशतले कमी आएको तथ्याङ्कबाट स्पष्टरूपमा देखिन्छ । यसमा पुरुष तथा महिला आगमनको संख्यालाई अवलोकन गर्ने हो भने सन् २०२० मा पुरुष एक लाख २४ हजार ४८ जना छन् भने महिला एक लाख छ हजार ३७ जना रहेको छ । यसमा विभिन्न कारणले गर्दा सालाखाला नेपालको बसाइँ भने सन् २०१९ मा १२ दशमलव सात दिन थियो भने सन् २०२० मा भने १८ दशमलव नौ प्रतिशतले वृद्धि भई पर्यटनको नेपाल बसाई १५ दशमलव एक दिन भएको देखिन्छ । त्यसरी नै सन् २०२१ मा त केवल एक लाख ३१ हजार विदेशी पर्यटक मात्रै नेपाल भ्रमण गर्न आएका थिए । तर सन् २०२२ मा छ लाख १४ हजार एक सय ४८ जना विदेशी पर्यटकहरूले नेपाल भ्रमण गरेका थिए । तर हालसम्मको पर्यटन व्यवसायीलगायत यससम्बन्धी काम गर्ने सम्पूर्णको विचारधारालाई हेर्ने हो भने १० लाखको संख्यामा यस वर्ष पर्यटन नआउने देखिन्छ । जे भए पनि हामीले सन् २०२३ मा नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको संख्या १० लाखको हाराहारीमा पु-याउने लक्ष्य लिएका छौँ । तर हालसम्मको अवस्था हेर्दा १० लाख नपुग्ने देखिन्छ ।
विश्वका विभिन्न मुलुकहरूमध्ये नेपालमा विदेशी पर्यटक आउने प्रमुख १० देशहरू यस प्रकार रहेका छन् । त्यसमा भारत एक लाख ६० हजार आठ सय ३२, चीन एक लाख चार हजार छ सय ६४, अमेरिका ७९ हजार एक सय ४६, बेलायत ५१ हजार ५८, श्रीलंका ४५ हजार तीन सय २१, थाइल्यान्ड ३९ हजार एक सय ५४, दक्षिण कोरिया ३४ हजार तीन सय एक, अस्टे«लिया ३३ हजार तीन सय ७१, म्यानमार ३० हजार आठ सय ५२ र जर्मनी २९ हजार नौ सय १८ पर्यटकहरू नेपाल आएका थिए । मुुलुकमा कहाँबाट कति पर्यटक ? आउँछन् भन्ने कुरालाई अवलोकन गर्दा सबैभन्दा बढी भारतबाट आउँछन् । तिनीहरूको मुख्य उद्देश्य भनेको धार्मिक स्थलको घुमघाममा आउँछन् । त्यस्तैगरी दोस्रोमा धेरै पर्यटक आउने देश चीन हो ।
संसारको छानोको उपमाबाट प्रसिद्ध नेपालले सहज, सुलभ र सुरक्षित पर्यटनका आधारहरू खडा गर्न जरुरी छ । प्राकृतिक सम्पदाले हामी एकदमै धनी भए पनि धेरैजसो प्राकृतिक मनोरम दृश्यावलोकनका लागि दुर्गम ठाउँ जानुपर्छ, त्यस्ता ठाउँहरूमा सहज यातायातको साधन उपलब्ध हुँदैन, सहज बाटो छैन र त्यसमाथि ती ठाउँमा उचित होटल, स्वास्थ्य सुविधा अनि सुरक्षाको उचित प्रबन्ध नहुनु अनि त्यसतर्फ हाम्रो ध्यान छिट्टै पुग्न जरुरी छ । अर्कोतर्फ भने हाम्रा सांस्कृतिक धरोहरहरूको उचित स्याहार, सम्भार अनि भुइँचालो पछि भग्नावशेष र असुरक्षित बनेका यी शताब्दीयौँ पुराना सभ्यताको बयान दिने धरोहरलाई आवश्यक सम्भार र उचित पुनर्निर्माण गर्न जरुरी छ । मुलुकका लागि आउँदो १५ वर्षभित्र २५ लाख पर्यटक आउने गन्तव्य राष्ट्र बनाउन सकियो भने हाम्रो विद्यमान आवश्यकता पर्यटन लक्ष्यकै सबैभन्दा ठूलो उपलब्धि हुनेछ र त्यो लक्ष्य पूरा गर्नका लागि धेरै ठूलो प्रयास पनि आवश्यक छैन । हाम्रो उत्तरी छिमेकी चीनबाट र दक्षिणी छिमेकी भारतबाट विश्व भ्रमणमा निस्कने खर्चालु पर्यटकको १० प्रतिशतलाई मात्र नेपालमा आकर्षित गर्न सकियो भने पर्याप्त हुन्छ । त्यसमा युरोप, अमेरिका र अन्य एसियाली मुलुकबाट आउने पर्यटकको थप योगदान रहनेछ । देशको विदेशी मुद्रा आर्जनमा सहयोग पु¥याउँदै आएको उद्योगमा पर्यटन उद्योेगको लामो र विश्वसनीय नाम रहेको छ । मुलुकको कुल गार्हस्थ उत्पादनमा समेत यो उद्योेगको प्रत्यक्ष र भरपर्दाे स्थानलाई कसैले नकार्न सक्दैन । देशमा रोजगारी सिर्जना गर्न होस् वा फरक संस्कृतिको आदान–प्रदानसहित अन्य सहउत्पादनका लागि अवसर उपलब्ध गराउन होस् देशको पर्यटन क्षेत्रले आफ्नो भूमिका निर्वाह गर्दै गरेको सर्वविदितै छ । अतिथिलाई देवता मात्रे नेपाली संस्कृतिको वास्तविक झलक पर्यटकको स्वागत सत्कारले दिलाउन सक्नुपर्छ ।
समग्रमा भन्ने हो भने सन् २०२३ को आठ महिनामा नेपालमा छ लाख एक हजार तीन सय ६० जना विदेशी पर्यटकले भ्रमण गरिसकेका छन् । त्यस्तै, विगतका तथ्य तथ्याङ्क हेर्दा सेप्टेम्बर, अक्टोबर र नोभेम्बर महिनामा अरू बेलाभन्दा केही बढी विदेशी पर्यटक नेपाल भ्रमणमा आउने गरेका छन् । त्यसो भए पनि सन् २०२३ को बाँकी चार महिनामा बढीमा तीन लाख ८–१० हजारदेखि १५–२० हजार विदेशी पर्यटकले भ्रमण गर्ने अनुमान गर्न सकिन्छ । यसर्थ, पर्यटन विश्वकै सर्वाधिक ठूलो व्यवसाय हो । भनिन्छ, अतिथि देवो भवः अर्थात् पाहुना हाम्रा भगवान् हुन् । हाम्रो देश एउटा पर्यटकीय गन्तव्य हो । हिमशृङ्खलाहरू, मनोरम हरियाली, जैविक अनि सांस्कृतिक विविधतालगायत शान्तिप्रिय बुद्धभूमिका शालिन हामी नेपालीहरू नै नेपालको गहना हो । यसरी यस व्यवसायमा लाग्ने झण्डै दश लाख व्यक्तिलाई असर पु¥याएको छ । यसमा सम्बन्धित हरेक क्षेत्रहरू नराम्रोसँग थलापरेका छन् । फलतः एक देशबाट अर्को देशमा प्राकृतिक दृश्य अवलोकन गर्ने, व्यापारी, धार्मिक, राजनीतिक, सामाजिक, आर्थिक विभिन्न किसिमको उद्देश्यले भ्रमण गर्ने व्यक्ति नै पर्यटक हो । हाम्रो देशमा रहेको संसारको सबैभन्दा अग्लो सगरमाथा र भगवान् बुद्ध देशमा विश्वका हरेक देशबाट नेपालमा पर्यटकको घुइँचो लाग्ने गर्छ । यी विविध कारणहरूले गर्दा राष्ट्रमा आर्थिक विकासका लागि पर्यटन पनि एक मुख्य स्रोतको रूपमा रहेको छ । देशको बाह्य विश्वसँग आफ्नो निर्यात व्यापार नहुँदा र नेपालीहरू विभिन्न देशमा गएर रेमिट्यान्स आर्जन नगर्दासम्म पर्यटन नै वैदेशिक मुद्रा आजको प्रमुख स्रोतको रूपमा रहेको थियो । हाल पनि पर्यटनले देशको कुल गार्हस्थ उत्पादनमा ३÷४ प्रतिशत योगदान गरिरहेको छ । पर्यटन क्षेत्रको वास्तविक विकास गर्ने हो भने योभन्दा बढी विदेशी मुद्रा आर्जन गर्न सकिने प्रवल सम्भावना छ ।
क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4
ताजा अपडेट
- चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने: प्रधानमन्त्री
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया