सनराइज क्यापिटलको ३० प्रतिशत नगद लाभांश पारित
काठमाडौं । लक्ष्मी सनराइज बैंकको पूर्णस्वामित्वमा बैंकको सहायक कम्पनीका रूपमा सञ्चालित सनराइज क्यापिटल लिमिटेडको ३० प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित भएको छ । बैंकको बुधबार सम्पन्न भएको १३ औँ वार्षिक साधारणसभाले लाभांश वितरणसम्बन्धी उक्त प्रस्ताव पारित गरेको हो ।
वार्षिक साधारणसभामा प्रस्तुत भएका सामान्य प्रस्तावमा आव २०७९/०८० को वार्षिक प्रतिवेदन, सोही अवधिको असार मसान्तको बासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण प्रस्ताव पारित गरेको कम्पनीले जनाएको छ ।
साथै, आव २०७९/०८० को मुनाफाबाट आफ्ना सेयर होल्डरलाई ३० प्रतिशत (करसहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरेको कम्पनीले जनाएको छ । सनराइज क्यापिटलले विगत छ वर्षमा एक सय ५० प्रतिशत नगद लाभांश वितरण गर्न सफल भएको छ । कम्पनीले वर्तमान समयमा आफ्नो इन्भेस्टमेन्ट बैंकिङअन्तर्गत सेवा विस्तारलाई बलियो र गुणस्तर बनाउँदै गएकोमा हालको मितिसम्म तीन अर्ब ११ करोड बराबरको तीनवटा म्युचुअल फण्ड सञ्चालन गर्दै आइरहेको र उक्त म्युचुअल फण्डमध्ये सनराइज फस्र्ट म्युचुअलले आफ्ना चौथाँै सञ्चालन वर्षसम्म ८५ प्रतिशत (करसहित) नगद लाभांश लगानीकर्तालाई वितरण गरिसकेको छ । साथै, यस कम्पनीले पोर्टफोलियो व्यवस्थापन सेवाअन्तर्गत दुई सयभन्दा बढी ग्राहकहरूको ५० करोडभन्दा बढीको पोर्टफोलियो व्यवस्थापन गर्दै उक्त ग्राहकको लगानी उद्देश्य पूरा गर्न सक्षम व्यवस्थापकको रूपमा स्थापित भएको छ । वार्षिक साधारणसभामा विशेष प्रस्तावका रूपमा रहेको सनराइज क्यापिटल लिमिटेड र लक्ष्मी क्यापिटल लिमिटेड एक आपसमा गाभ्ने गाभिने सम्बन्धमा सम्पूर्ण प्रक्रिया पूरा गर्न कम्पनीको सञ्चालक समितिलाई अख्तियारी दिने निर्णय गरेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया