Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारस्ट्यान्डर्ड चार्टर्ड र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रबीच सहकार्य

स्ट्यान्डर्ड चार्टर्ड र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रबीच सहकार्य


काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंक र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रबीच सम्झौता भएको छ । केन्द्रको केन्द्रीय नवीकरणीय ऊर्जा कोषसँग दिगो ऊर्जा चुनौती कोषअन्तर्गत कर्जा नोक्सानी ग्यारेन्टीका लागि सम्झौता गरेको हो ।

यो सम्झौताले नवीकरणीय ऊर्जा क्षेत्रमा वित्तपोषणलाई मापन गर्ने अपेक्षा गरिएको बैंकले जनाएको छ । यसका साथै कर्जा नोक्सानी ग्यारेन्टीले दिगो पहलका लागि कर्जा प्राप्त गर्न धितो आवश्यकतालाई कम गर्ने विश्वास गरिएको छ । यो नेपाल नवीकरणीय ऊर्जा कार्यक्रमअन्तर्गत पर्दछ । यो सरकारको वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र बेलायती सरकारको यूकेएडको संलग्नता रहेको संयुक्त पहल रहेको बैंकले जनाएको छ । यसले नेपालमा नवीकरणीय ऊर्जा परियोजनामा समावेशयोग्य दिगो ऊर्जा चुनौती कोषका परियोजनाको ऋणका लागि २० प्रतिशत ग्यारेन्टी कभर अनुमति दिने बैंकले जनाएको छ ।

नेपाल नवीकरणीय ऊर्जा कार्यक्रम वितरीत नवीकरणीय ऊर्जा (डीआरई) मा निजी क्षेत्रको लगानी बढाउन तथा सक्षम र दिगो बनाउनका लागि नीति, योजना, कानुनी निर्माण र नियामकलाई सहजीकरण गर्दै विश्वव्यापी ऊर्जा पहुँच बढाउन क्रियाशील रहेको बैंकको भनाइ छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया