Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठखेलकुदइनड्राइभ र एनआरएस स्पोर्ट्स फाउन्डेसनको सहकार्यमा काठमाडौं म्याराथन

इनड्राइभ र एनआरएस स्पोर्ट्स फाउन्डेसनको सहकार्यमा काठमाडौं म्याराथन


काठमाडौं । राइडर एप इनड्राइभले एनआरएस स्पोर्ट्स फाउन्डेसनसँग १५ औँ काठमाडौं म्याराथन आयोजना गर्न सहकार्य गरेको छ । एनआरएस स्पोर्ट्स फाउन्डेसनले एक दशकभन्दा बढी समयदेखि काठमाडौं म्याराथन गर्दै आएको छ । यस वर्ष, इनड्राइभले यस कार्यक्रमको निरन्तरका लागि फाउन्डेसनसँग हातेमालो गरेको हो ।

म्याराथनका लागि समर्थनका अतिरिक्त, इनड्राइभले एथलिट र कोच दुवैको ट्रेनिङका लागि समर्थन गरेर स्थानीय समुदायप्रति आफ्नो प्रतिबद्धता देखाएको छ । यो पहलले नेपालमा नवप्रतिभाको विकास र खेलकुदको इकोसिस्टमलाई बढावा दिन इनड्राइभको योगदान कायम राख्ने कम्पनीको दाबी छ । राइड–हेलिङ (एपीएसी) इनड्राइभका निर्देशक रोमन एर्मोसिनले नेपालमा दौड संस्कृतिको विकास गर्ने र अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन लामो दूरीका धावकहरूको सहयोग गर्ने उद्देश्यले आयोजना गरिएको दौड प्रतियोगिताका लागि एनआरएस स्पोर्ट्स फाउन्डेसनसँग सहकार्य गरेको बताए ।


क्याटेगोरी : खेलकुद
ट्याग : #page 3

तपाईको प्रतिक्रिया