ब्रिटिश काउन्सिल आईईएलटीएसद्वारा वन स्किल रिटेक सुरु
काठमाडौं । ब्रिटिश काउन्सिल आईईएलटीएसले नेपालमा वन स्किल रिटेक (एउटै मात्र सीपमा दोहो-याएर परीक्षा दिन पाइने सुविधा) सुरू गरेको छ । यो सुविधा सुरू भएसँगै अब पहिलो पटकको परीक्षामा आशातीत नतिजा प्राप्त गर्न नसकेका परीक्षार्थीहरूले सबै खालका सीपमा दोहो-याएर परीक्षा दिनुपर्ने झन्झट व्यहोर्नुनपर्ने आयोजकले जनाएको छ ।
वन स्किल रिटेकमा आईईएलटीएस परीक्षाको एउटा खण्डको मात्रै दोहो-याएर परीक्षा दिन पाइने भएकाले विद्यार्थीहरू सफल हुने सम्भावना बढेको बताइएको छ । सुनाइ, पढाइ, लेखाइ र बोलाइ जुनसुकै सीपको परीक्षामा पनि यो अवसर प्राप्त हुने बताइएको छ । परीक्षाको ढाँचा र समय सामान्य आईईएलटीएस परीक्षामा व्यक्तिगत सीप जाँचेजस्तै हुने बताइएको छ । तर परीक्षार्थीहरूले अन्य तीन सीपको परीक्षा दिन भने आवश्यक हुने छैन । आईईएलटीएस प्रयोगकर्ताहरूले दिएको सुझाव र प्रतिक्रियाका आधारमा नयाँ फिचर सुरू गरिएको ब्रिटिश काउन्सिलका आईईएलटीएस निर्देशक एन्ड्र्यिू म्याकेन्जीले बताए ।
‘अंग्रेजीमा आफ्नो प्रदर्शन निपूर्ण छैन भन्ने महसुस परीक्षार्थीहरूले गरिरहेका छन् भने वन स्किल रिटेकले त्यस्ता परीक्षार्थीहरूलाई त्यो एउटा सीपमा दोहो-याएर परीक्षा दिने अवसर दिनेछ, यसले निष्पक्षता बढाउने हामीले आशा गरेका छौँ,’ उनले भने ।
आईईएलटीएस वन स्किल रिटेक चयन गर्ने परीक्षार्थीहरूले दोस्रो परीक्षा रिपोर्ट फारम पाउनेछन् । यसलाई बसाइँसराइ वा अध्ययन प्रयोजनका लागि प्रयोग गर्न सकिने बताइएको छ । पाएको अंकका आधारमा परीक्षार्थीहरूले दोहो-याएर दिएको सीप परीक्षामा पुरानो वा नयाँ रिपोर्ट कुन प्रयोग गर्ने भनेर रोज्न सक्नेछन् । आईईएलटीएस वन स्किल रिटेकका लागि सुरूको परीक्षा दिएको ६० दिनभित्रको म्याद लिन सकिने काउन्सिलले जनाएको छ ।
‘नेपालमा आईईएलटीएस परीक्षार्थीहरूलाई उनीहरूले सकेको उत्तम अंक हासिल गर्न सक्ने बनाउन चाहन्छौँ,’ नेपालका लागि परीक्षा निर्देशक राइम्यान म्याक्सिमले भने ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- आठ वर्षपछि फेरि किन बढ्यो ‘लोडशेडिङ’ हुने डर ?
- युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, रुसमा चर्को आक्रोश
- डेडिकेटेड ट्रंक लाइन बिबादमा टिओडी मिटर गणना गर्न विज्ञ समिति गठन
- मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
- जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया