Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारअर्थतन्त्र बलियो बनाउने चिनियाँ केन्द्रीय बैंकको प्रतिबद्धता

अर्थतन्त्र बलियो बनाउने चिनियाँ केन्द्रीय बैंकको प्रतिबद्धता


चीन । चीनको केन्द्रीय बैंक पिपुल्स बैंक अफ चाइनाले देशको अर्थतन्त्रलाई बलियो सहयोग गर्न समष्टिगत आर्थिक नियमनका साथ आन्तरिक माग बढाउनेगरी नीतिहरू अवलम्बन गर्ने बाचा गरेको छ ।

केन्द्रीय बैंकले विवेकपूर्णरूपले मौद्रिक नीति लागू गर्ने र काउन्टर–साइक्लिकल र क्रस–साइक्लिकल समायोजनलाई बलियो बनाउने भनेको छ ।

केन्द्रीय बैंकले बाह्य वातावरण जटिल बन्दै गएकाले व्यापार र लगानीमा मन्दी आएको र विकसित मुलुकमा मुद्रास्फीति उच्च हुँदा ब्याजदर समेत बढेकाले असर पारेको भनेको छ । केन्द्रीय बैंकले चीनको अर्थतन्त्र स्थिररूपमा ‘रिबाउन्ड’ गरिरहेको र गति लिइरहेको जनाएको छ । तर, पनि अझै मागपक्ष कमजोर रहेकाले चुनौतीहरूको सामना गर्नुपर्ने स्थिति रहेको जनाएको छ ।

अर्थतन्त्र चलायमान बनाउन केन्द्रीय बैंकले पहिलो पटक घर खरिदकर्ताहरूको लागि धितो दरमा गतिशील समायोजन संयन्त्रको प्रभावकारी कार्यान्वयनलाई अगाडि बढाउने र स्थिर तथा स्वस्थ प्रवद्र्धन गर्न घरजग्गा क्षेत्रमा नयाँ मोडेलको अभ्यासलाई प्रवद्र्धन गर्ने बताएको छ ।

केन्द्रीय बैंकले युआनको विनिमयदरमा अत्यधिक उतारचढावको जोखिमबाट जोगाउने र विनिमयदरलाई उचित तथा सन्तुलित स्तरमा स्थिर राख्न प्रयास गर्ने पनि बताएको छ ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया