Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकोभिड १९ का कारण बैंकहरुको वित्तीय विवरण प्रकाशनमा ढिलाइ

कोभिड १९ का कारण बैंकहरुको वित्तीय विवरण प्रकाशनमा ढिलाइ


सुरेश राउत
काठमाडौं, वैशाख २५
विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९)को महामारीका कारण बैंक तथा वित्तीय संस्थाहरुको तेस्रो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्न ढिलाइ भएको छ । कोभिड १९ को नियन्त्रण तथा रोकथामको लागि सरकारले चैत ११ गते देशव्यापी रुपमा लकडाउनको घोषणा गरेको र उक्त लकडाउनकै अवधि थपिएर जेठ ५ गतेसम्म कायम भएपश्चात् पनि बैंक तथा वित्तीय संस्थाहरुको तेस्रो त्रैमासिक अपरिष्कृत वित्तीय विवरणको प्रकाशनमा ढिलाइ भएको हो ।

राष्ट्र बैंकको निर्देशनअनुसार सामान्य अवस्थामा वाणिज्य बैंकबाहेकका राष्ट्रिय तथा क्षेत्रीयस्तरका विकास बैंक, फाइनान्स कम्पनी र लघुुवित्त वित्तीय संस्थाहरुले त्रैमासिक सकिएपश्चात् पहिलो महिनाको १५ दिनभित्र सकिएको त्रैमासिकको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरिसक्नुुपर्नेछ भने वाणिज्य बैंकहरुले त्रैमासिक सकिएको पहिलो महिनाको मसान्तभित्र सकिएको त्रैमासिकको अपरिष्कृत वित्तीय विवरण प्रकाशन गरिसक्नुुपर्नेछ । तर अहिले वैशाख महिना सकिनैलाग्दा पनि कोभिड १९ कै कारण सञ्चालनमा रहेका एक सय ६२ वटा बैंक तथा वित्तीय संस्थाहरुमध्ये हालसम्म १६ वटा संस्थाले मात्र तेस्रो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन् ।

जसमध्ये वाणिज्य बैंकतर्फ २७ वटा बैंकहरु सञ्चालनमा रहेकामा सिटिजन्स बैंक इन्टनेशनल लिमिटेड, प्राइम कमर्सियल बैंक र बैंक अफ काठमाण्डू लिमिटेडले मात्र चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् । विकास बैंकतर्फ भने राष्ट्रिय तथा क्षेत्रीयस्तरका समेत गरी २३ वटा बैंकहरु सञ्चालनमा रहेकोमा हालसम्म मितेरी डेभलपमेन्ट बैंकले मात्र तेस्रो त्रैमासिक अपष्किृत वित्तीय विवरण सार्वजनिक गरेको छ । यसैगरी फाइनान्सतर्फ २२ वटा संस्थाहरु सञ्चालनमा रहेकोमा आईसीएफसी फाइनान्स र मञ्जुुश्री फाइनान्सले मात्र चालू आवको तेस्रो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन् ।

लघुुवित्त वित्तीय संस्थाहरुतर्फ भने ८९ वटा संस्थाहरु सञ्चालनमा रहेकोमा नौवटा संस्थाहरुले मात्र तेस्रो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन् । जसअनुुसार वैशाख २४ गते बुुधबारसम्ममा लघुुवित्ततर्फ राष्ट्र उत्थान लघुवित्त संस्था, स्पर्श लघुुवित्त संस्था, फर्ष्ट माइक्रोफाइनान्स वित्तीय संस्था, सारथि लघुुवित्त संस्था, आरएमडीसी लघुुवित्त संस्था, सिभिल लघुुवित्त वित्तीय संस्था, आरम्भ लघुवित्त संस्था, आशा लघुुवित्त संस्था र मानुषी लघुुवित्त वित्तीय संस्थाले मात्र चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन् । यसबाहेक नेपाल इन्फ्रास्ट्रक्चर बैंकले पनि चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरिसकेको छ ।

यसैबीच, नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देवकुुमार ढकालले भने बैंक तथा वित्तीय संस्थाहरुले निर्धारित समयभित्र नै त्रैमासिक वित्तीय विवरण प्रकाशन गरिसक्ने बताएका छन् । ‘आज वैशाख २४ गते भयो, हामीसँगै अझै केही दिन समय छ, यो बाँकी दिनहरुमा बैंक तथा फाइनान्स कम्पनीका प्रमुुख कार्यकारी अधिकृतहरु तेस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशन गरिसक्ने प्रतिबद्धता व्यक्त गरेका छन्’, उनले भने । राष्ट्र बैंकले यसअघि जारी गरेको परिपत्रअनुुसार पनि बैंक तथा वित्तीय संस्थाहरुलाई पूर्ववत् रुपमा कारोबार गर्नुु भनेकाले तोकिएको समयमा वित्तीय विवरण प्रकाशन नगरेकै आधारमा कारबाही नगर्ने भन्ने नहुने कार्यकारी निर्देशक ढकालले बताए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x