नेपालकोे उत्पादनले व्यापार घाटा नघटाउने संकेत
काठमाडौं । आर्थिक वर्ष २०७९/८० मा कृषिजन्य वस्तु आयातका लागि करिब तीन खर्ब आयातमा खर्च भएको छ । क्लु १६ खर्ब ११ अर्बको वस्तु आयात हुँदा कृषिजन्य आयातमा मात्र दुई खर्ब ९६ अर्ब खर्च भएको छ । आव २०७८/७९ मा समग्र वस्तुको आयातमा पनि कमी आएको छ । २०७८/७९ मा भने कुल आयात १९ खर्ब २० अर्बको हँदा कृषिजन्य वस्तुको हिस्सा तीन खर्ब ७८ अर्ब थियो । २०७८/७९ मा भन्दा २०७९/८० मा कृषिजन्य वस्तुको आयात ८२ अर्ब ५५ करोड रुपैयाँले घटेको विवरण रहेको छ । आयात घट्नुका कारण १० वटा वस्तुका आयात प्रतिबन्ध हो ।
स्वदेशमा उत्पादन क्षमता वृद्धि नभएर कृषिजन्य वस्तुका आयात कम रहनु आर्थिकमा कमीको असर भएको कृषिको क्रियाकलापले देखाउँछ । आर्थिक असरका कारण मानिसमा खरिद शक्ति कम रहँदा कृषिजन्य वस्तुका उपभोग कम भएको र यसैको कारण आयात कम भएको भएको भनाइ विज्ञको रहेको छ । २०७९/८० मा चामल आयात ३६ अर्ब ३६ करोड भएको छ । २०७८/७९ मा ४५ अर्ब ५७ करोड चामल आयात भएको थियो । २०७८/७९ को तुलनामा २०७९/८० मा चामल आयात नौ अर्ब २१ करोड रुपैयाँको घटेको दखिन्छ ।
२०७८/७९ वर्षको तुलनामा २०७९/८० मा चामल आयात कम हुनुको कारण भारतले केही समयका लागि चामलमा २० प्रतिशत कर लाउनु पनि हो । समग्र आयात घट्दा कृषिजन्य वस्तु पनि कम नै आयात भएको देखिएको पनि हो । २०७९/८० मा मकै आयात १७ अर्ब १७ करोड रहेको छ । यस्तै, गहुँ २८ करोड नौ लाखको आयात भएको छ । आलु एक करोड ३३ लाख आयात भएको छ । मेथी २५ करोड ४९ लाखको आयात भएको छ । यसैगरी २०७९/८० मा पशुजन्य वस्तुको आयात ९० करोड ९७ लाखको भएको छ । २०७९/८९ मा एक अर्ब ८५ करोडको दुग्धजन्य वस्तु आयात भएको छ । माछा ४७ करोड ३८ लाख रुपैयाँको आयात भएको छ । कफी १६ करोड नौ लाख रुपैयाँको आयात भएको छ ।
यसैगरी, हरियो तरकारी १० करोड ९४ लाखको आयात भएको छ । फलफूल सात अर्ब नौ करोडको आयात भएको छ । ताजा अंगुर दुई अर्ब १५ करोड रुपैयाँको आयाात भएको छ । २०७९/८०मा एक अर्ब ६२ करोडको केरा आयात भएको छ । ८९ लाख रुपैयाँको अनार आयात भएको छ । यसैगरी ८८ करोड १८ लाखको सुन्तला आयात भएको छ । यसैगरी ७० करोडको दुई लाखको आँप आयात हुँदा ६८ करोड ९५ लाख रुपैयाँको खरबुजा आयात भएको छ ।
अर्बौंको आयात भइरहेको अवस्थामा आयात कम गरी निर्यात बढाउनका लागि उत्पादनमा जोड दिन सरकारको स्पष्ट नीति र योजना नै चाहिन्छ । कृषिप्रधान देश नेपालले एक महिनामै पाँच अर्बभन्दा बढी रुपैयाँका चामल आयात गरेको देखिन्छ । नेपालको वैदेशिक व्यापारको प्रवृत्ति नेपालको पक्षमा लाभ हुने गरी वर्षौँ देखा नपर्नु सोचनीय अवस्था रहिआएको छ । सन् १९५२ पछि विश्व व्यापारमा वृद्धि भएको भएको पाइन्छ । दोस्रो विश्वयुद्धमा व्यापार राम्रोसँग फस्टाउन पाएन । आर्थिक वर्ष २०४६/४७ मा वस्तु व्यापारको कुल गार्हस्थ उत्पादनको अनुपात २२ दशमलव सात प्रतिशत रहेकोमा आर्थिक वर्ष २०७५/७६ पछि उक्त संख्या बढेर ४३ दशमलव आठ प्रतिशत पुगेका थियो । तर वस्तु व्यापार घाटाको आकार बढ्दै गए पनि आन्तरिक र पुँजीगत वस्तुका आयात झण्डै ८० प्रतिशत रहनु सकारात्मक पक्ष रहेको बताइँदै आएको छ ।
विसं २०५० को दशकमा प्रमुख निर्यातजन्य वस्तुमध्ये उनी गलैँचा र तयारी पोशाकको हिस्सा कुल निर्यातकोे ८० प्रतिशतभन्दा बढी थियो भने आव २०७५/७६ मा यी वस्तुको निर्यात घटेर करिब १२ प्रतिशतमा रहेको देखिन्छ । नेपालको व्यापार घाटा हरेक वर्ष बढ्दै गएको देखिन्छ । वैदेशिक व्यापारको आकार उल्लेखनीय वृद्धि भएको छ, तर निर्यात भने सोहीअनुरूप बढ्न सकेको देखिँदैन ।
नीतिगत सुधार आवश्यक
वैदेशिक व्यापारमा यस्तो प्रवृतिलाई सुधार गर्न रणनीतिक योजनासहित सरकारबाट अघि नबढ्ने हो भने देशको अर्थतन्त्र धान्न नसकिने अवस्था आइपुग्न सक्छ । वर्षेनि व्यापार घाटा बढ्नु राम्रो होइन । इन्धनको उपभोगका क्षेत्रमा हामी वर्षेनि बढी खर्चमा राखेका छौँ । नेपालको निर्यात गरेको अग्रपङ्क्तिका निकासी वस्तुहरूमा भन्सार र प्रशोधित पाम आयल छन् । गलैँचा र जुटका कपडा आदि सामानको निकासी कम भएर गएको छ ।
नेपालबाट २०७९/८० मा बढी निकासी हुनेमा फलाम र फलामे वस्तु, भटमासको तेल, अलैँची, जुट, तयारी पोशाक, जुस, उनी फेल्ट रहेको छ । जलस्रोतको धनी देश नेपालले विदेशबाट पानीको आयात गर्ने गरेको छ । आव २०७९/८० मा नेपालले तीन लाख ३२ हजार रुपैयाँको मिनरल वाटर आयात गरेकोे छ । २०७९/८० मा नेपालले एक हजार एक सय २२ लिटर मिनरल वाटर आयात गरेको छ । नेपालले फ्रान्स, भारत र बेलायतबाट मिनरल वाटर आयात गरेको छ । २०७८/७९ मा नेपालले एक लाख एक हजार रुपैयाँको मिनरल वाटर आयात गरेको थियो । २०७९/८० मा नेपालले तीन अर्बको विदेशी मदिरा आयात गरेको छ । २०७९/८० मा नेपालले विभिन्न देशबाट दुई अर्ब ९८ करोड ५३ लाख ३० हजार रुपैयाँको मदिरा आयात गरेको छ । २०७९/८० मा नेपालले उक्त रकम बराबरको विभिन्न मदिरा आयात गरेको थियो । २०७९/८० मा उक्त रकममा ३३ लाख ५६ हजार एक सय ४८ लिटर विभिन्न प्रकारका मदिरा नेपालले आयात गरेको छ । २०७९/८० मा दुई अर्ब ८४ लाख सात हजारका ह्विस्की, २४ करोड ९१ लख १५ हजार रुपैयाँको वाइन, १७ लाख ८६ हजारको रम, दुई करोड २३ लाख छ हजारको जिन र चार करोड ४२ लाख ८१ हजारको भोड्का नेपालले आयात गरेको छ । २०७८/७९ मा नेपालले तीन अर्ब ७१ करोड १५ लाख १६ हजार रुपैयाँको विदशी मदिरा आयात गरेको छ ।
नेपाल उत्पादन प्रणालीमा आधारित भएकाले देश आयातमा निर्भर रहँदै आएको छ । जहाँ पनि तरलताको अभावको कारण अकल्पनीय आयात भएको हो । वस्तु आयात गरिने देशका आधारमा भारत, चीन तथा अन्य देशबाट भएका आयात क्रमशः ४४ दशमलव छ प्रतिशत, ५७ दशमलव आठ प्रतिशत र एक सय ११ दशमलव दुई प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, कच्चा पाम तेल, औषधि, यातायातका साधन तथा पार्टपुर्जा, कच्चा सोयाबिन तेललगायत वस्तुका आयात बढेको छ । सिमेन्ट, कीटनाशक औषधि, सुर्तिलगायत वस्तुका आयात भने घटेको छ ।
निर्यातजन्य वस्तु उत्पादनतर्फ जोड दिई निर्यातमा आधारित वृद्धिमार्फत विकास गर्ने रणनीति अनुशरण गरिएको भए पनि व्यापार घाटाको उच्च वृद्धिदर तथा निर्यातको सानो आधार र न्यून वृद्धिदरका कारण निर्यातमा आधारित आर्थिक वृद्धि सम्भाव्यता तत्कालका लागि कमजोर नै देखिन्छ । सरकारी तहमा पँुजी निर्माणको कमजोरस्तरका कारण औद्योगिक क्षेत्रमा ठूलो निजी पुँजी आकर्षित गरी निर्यात बढाउन सकिने सम्भावना पनि कम रहेकाले आन्तरिक मागमा आधारित आर्थिक वृद्धि मोडलमार्फत उच्च आर्थिक वृद्धि गर्न सकिने सम्भावना आकलन गर्न सकिन्छ ।
वर्तमान नीतिगत अवस्थामा कमी
व्यापार क्षेत्रलाई उदार, प्रतिस्पर्धी र बजारोन्मुख बनाउने उद्देश्यले समय–समयमा विभिन्न नीतिगत तथा संस्थागत सुधारका प्रयासहरूलाई अघि बढाउँदै लगिएको छ । यस क्रममा नेपालको विश्व व्यापार संगठनमा प्रवेश, साफ्टा र बिमस्टेकजस्ता क्षेत्रीय व्यापार प्रणालीहरूसँगको आबद्धता समेतले आएको परिवर्तनलाई समेट्न वाणिज्य नीति २०६५ पछि २०७२ कार्यान्वयनमा आएको छ र रणनीति २०१०, २०१६ र २०२३ ले निकासी प्रवर्द्धन गरिआएको छ । यससहित प्रतिस्पर्धा प्रवर्द्धन तथा बजार संरक्षण, वित्तीय कारोबार, कम्पनी सञ्चालन, भन्सारसम्बन्धी नयाँ ऐन तथा नियमावलीहरू जारी भई कार्यान्वयनमा छन् । २०७३, ७४ र ७५ सालमा अनगिन्ती ऐनहरू बने र २०७६ सालमा र यसपछि त नीतिहरू पनि परिमार्जन गरिए । विभिन्न नीतिगत तथा संरचनागत सुधारपश्चात् नेपालको वैदेशिक व्यापारमा आयातको तुलनामा निर्यात कम भई हरेक वर्ष व्यापार घाटा बढ्दै गएको र यसले शोधनान्तर स्थितिमा समेत प्रतिकूलता भएको छ ।
नेपाल व्यापार एकीकृत रणनीति एनटीआईएस २०१० सहित रणनीति २०१६ र रणनीति २०२३ का प्रावधान कार्यान्वयन गर्ने सन्दर्भमा जर्मन संस्था जीआईजेडबाट डब्ल्यूटीओको प्रतिबद्धताप्रति र अमेरिकी सहयोग संस्थाबाट एकीकृत रणनीतिको कार्यान्वयनका लागि सहयोगका विभिन्न कार्यक्रम सुरु भइसकेका छन् । डीएफआईडी र ईसीले एनआईटीएस २०१०, २०१६ र २०२३ को कार्यान्वयनका लागि सहयोग गर्ने व्यक्त गरिएका छन् । दीर्घकालीनरूपमा नेपालको व्यापारको लागि सहायता परिचालनका लागि क्षेत्रगत अवधारणको कार्यान्वयनमा छ ।
व्यापारको संस्थागत विकासको लागि पहिलेको नीतिका बोर्ड अफ ट्रेड, तयारी पोशाक निर्यात प्रवद्र्धन समिति, उच्च निर्देशक समिति, राष्ट्रिय कार्यान्वयन इकाइ र नेपाल, भारत र चीन, अमेरिकाबीच छुट्टाछुट्टै अन्तर–सरकारी समिति कार्यरत छन् । व्यापार नीति २०७२ र रणनीति २०१०, २०१६ र २०२३ आएपछि माथि उल्लेख गरिएका संस्थागत प्रयास कता गए ?
सन्धि प्रकरण : नेपाल–भारतबीच २०६६ (२००९) कार्तिकमा भएको नयाँ वाणिज्य सन्धि तथा अनधिकृत व्यापार नियन्त्रण सहयोग सम्झौताले भारतसँगको व्यापारलाई सहजीकरण गर्न सहयोग पुगेको थियो भनिन्थ्यो । तर यी सन्धि २०१६ डिसेम्बर र यसपछि धेरैपटक नवीकरण गर्दा पनि नेपालको भारततर्फ निकासी बढ्न सकेको छैन । २०७९/८० मा प्रधानमन्त्री भारत गएको बेला नेपाल र भारतबीचको पारवहन सन्धि धेरैपछि संशोधन गरिएको छ ।
२०८० जेठमा प्रधानमन्त्रीको भ्रमणका बेला नेपाल र भारतबीच आधा दर्जनभन्दा बढी विषयमा पारवहन र एकीकृत जाँच चौकीसहित सम्झौता भएको छ । यी सम्झौतामा अरुण, फुकोट कर्णाली, पेट्रो पाइप लाइन, क्रस बोर्डर पेमेन्ट, दोधारा चाँदनी सुख्खा बन्दरगाह आदि रहेका छन् ।
यसैगरी २४ वर्षपछि अर्थात् सन् १९९९ देखि २०२३ सम्म नेपाल र भारत पारवहन सन्धि परिमार्जन भएको छ । यद्यपि, सन् २००९ को पारवहन सम्झौतामा पनि १९९९ कै पारवहन सम्झौताका विवरण परेका छन् ।
नेपालको वैदेशिक व्यापार सहजीकरणका लागि निकै महत्वपूर्ण मानिने नेपाल र भारत पारवहन सन्धि १९९९ संशोधनसहित नवीकरण भएको हो । सन् २०१९ मै म्याद सकिए पनि सन्धिको परिमार्जनको विषयमा पहिले सहमति हुन सकेको थिएन । उक्त सन्धि परिमार्जन भएपछि नेपालको वैदेशिक व्यापार अझै सहज भएको छ । यस मानेमा नेपाल र भारत पारवहन सम्झौता नवीकरण भएको छ । यसै भ्रमणको क्रममा भारतको बथनाहादेखि विराटनगरको बुधनगरसम्म रेल्वे सेवा उद्घाटन भएको छ ।
बाह्यबाट व्यापार सुधारका कमी र क्षमतामा कमी
नेपालमा ध्यान दिनुपर्ने अन्तर्राष्ट्रिय समस्यामा अधिकांश निर्यातयोग्य वस्तुहरू आयातीत कच्चा पदार्थमा र न्यूनतम मूल्य अभिवृद्धिमा आधारित छन् । निर्यातयोग्य कृषि क्षेत्रका वस्तुहरूका व्यावसायिक उत्पादन हुन नसक्नु अर्को समस्या रहेको छ । अरू अन्तर्राष्ट्रिय व्यापारका समस्यामा लगानी एवम् व्यापारमैत्री वातावरणको कमी, निकासीजन्य उद्योगहरूलाई उत्पादनमूलक अन्य आर्थिक क्षेत्रहरूसँग एकीकृत गर्न नसक्नु, आपूर्तिजन्य कठिनाइहरू विद्यमान रहनु, प्रमुख निकासीजन्य वस्तुहरूको गुणस्तरमा कमी, असहज श्रम सम्बन्ध, ऊर्जा संकटले उत्पादन लागतमा बढी आदि मुख्य छन् । अरू समस्यामा उत्पादक तथा निर्यातकर्ताहरूलाई अन्तर्राष्ट्रिय ट्रेडमार्कको उपयोगतर्फ परिचालन गर्न नसक्नु, गुणस्तरमा प्रमाणीकरण र सोसम्बन्धी आधारभूत प्रयोगशाला, कानुन र जनशक्तिको कमी, तुलनात्मक लाभका विशिष्ट क्षेत्रमा प्रतिस्पर्धात्मक लाभको विकास गर्न अत्यावश्यक लगानी हुन नसक्नु र छिमेकी देशहरूसँग पारवहन प्रक्रियाजन्य कठिनाइको कारण निर्यातजन्य वस्तुको कारोबार लागत उच्च रहेको छ । लेखक व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका पूर्वनायब कार्यकारी निर्देशक हुन् ।
क्याटेगोरी : विचार / ब्लग
ताजा अपडेट
- एमाले लुम्बिनी प्रदेश सभा सदस्य दुर्गा चौधरी पार्टी सदस्यबाट निलम्बित
- अदालतले पक्राउ पुर्जी जारी गरेका प्रहरी (इन्स्पेक्टर) १ बर्ष देखि कार्यरत रहेको खुलासा !
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को धादिङ जिल्ला भेला सम्पन्न
- ‘जलवायु सङ्कट सामना गर्न सहकार्य आवश्यक’
- कीर्तिपुरमा विकास र सुशासनका मुद्दासहित चुनाव प्रचार तीव्र
- सामाजिक सुरक्षाकोषमा निजी क्षेत्र आबद्ध हुनैपर्ने
- धुलाबारीमा अतिक्रमित संरचना हटाउँदै मेचीनगर
- २७ सय १६ बिन्दुमा उक्लियो शेयर बजार
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया