एआइएनद्वारा साढे चार करोडको स्वास्थ्य सामग्री हस्तान्तरण
काठमाडौं, वैशाख २५
अन्तर्राष्ट्रिय गैरसरकारी संस्था संघ (एआईएन)ले कोरोना (कोभिड–१९) महामारी नियन्त्रणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयसँगको समन्वय तथा समाज कल्याण परिषद्को सहयोगमा एआईएनले बुधबार स्वास्थ्यमन्त्रीलाई सामग्री हस्तान्तरण गरेको हो । एआईएनको पहलमा १६ वटा संस्थाले संयुक्त रुपमा खरिद गरेको ती मेडिकल सामग्री झण्डै ४ करोड ५३ लाख नेपाली रुपैयाँ बराबरको रहेको छ । अघिल्लो महिना एआईएनले आफ्ना सदस्य संस्थालाई कोभिड–१९ को पूर्वतयारी र प्रतिकार्यमा सहयोग प्रदानका लागि संयुक्त खरिद गरी योगदान गर्न आग्रह गरेको थियो ।
त्यसैअनुरुप एक्सन एड, आड्रा नेपाल, केयर नेपाल, फेयरमेड, गुड नेभर्स इन्टरनेशनल नेपाल, आईएनएफ नेपाल, आइपास नेपाल, लुथरन वल्र्ड फेडेरेसन, माउन्टेन चाइल्ड, वन हर्ट हेल्थ, अक्सफाम, प्लान इन्टरनेशनल, प्राक्टिकल एक्सन, युएमएन, वाटर एडसहित गैसस न्याय हेल्थ नेपालले यसका लागि आर्थिक सहयोग प्रदान गरेका हुन् । हस्तान्तरण गरिएको सामग्रीमा पर्सनल प्रोटेक्टिभ इक्विप्मेन्ट (पीपीई) सेट, सेफ डेलिभरी किट, इन्फ्रारेड थर्मोमिटर, वाटर एण्ड एयर प्रुफ एप्रोन, सर्जिकल स्टेरिल ग्लोब्स, युटिलिटी ग्लोब्स, केएन९५ मास्क र सर्जिकल मास्क, सर्जिकल गगल्स तथा खासगरी कोरोना भाइरस नियन्त्रणका लागि पहिलो पंक्तिमा खटिएका स्वास्थ्यकर्मीलाई आवश्यक पर्ने स्वास्थ्य, स्यानिटाइजर र किटनाशक वस्तु लगायत छन् ।
स्वास्थ्य मन्त्रालयलाई प्रदान गरिएको उक्त संयुक्त सहायताका अलावा कोभिड–१९ को पूर्वतयारी र प्रतिकार्यका लागि एआइएनमा आवद्ध १ सय २९ मध्ये ६५ वटा संस्थाले सक्रिय रुपमा काम गरिरहेका छन् । यी संस्थाहरुले अहिलेसम्म कोभिड–१९ को रोकथाम र प्रतिकार्य तथा जीविकोपार्जन र आर्थिक उत्थानशीलता निर्माणका लागि कम्तिमा २ अर्ब रुपैया सहयोग गरेका छन् । समग्रमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको सहायताबारे एआईएनले सर्वेक्षण गरेको छ, उक्त सर्वेक्षणको नतिजा छिट्टै सार्वजनिक गरिने बताईएको छ ।
मेडिकल सामग्रीहरु स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको परिसरमा बुधवार महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङ, समाज कल्याण परिषद्का कार्यवाहक सदस्य सचिव शिवकुमार बस्नेत तथा एआइएनका अध्यक्ष अच्युतकुमार लुइटेलको उपस्थितिमा स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई हस्तान्तरण गरिएको थियो । विश्व स्वास्थ्य संगठन र नेपाल सरकारको निर्देशिकामा तोकिएको मापदण्डअनुसार भौतिक दूरी कार्य गर्दै आयोजना गरिएको हस्तान्तरण कार्यक्रममा सरकारी निकायका प्रतिनिधि, एआइएनका सदस्य तथा सञ्चारमाध्यमको उपस्थिति थियो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- ‘न्यायालयप्रति विश्वास छ, सघाउँछौँ’
- वीरगञ्जको घडीअर्वा पोखरीमा छठको तयारी थालियो
- थुनुवा मृत अवस्थामा फेला
- उपहारमा पाएको जग्गामा एमालेले कति कर तिर्नुपर्ने हुन्छ?
- केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
- सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- लामिछानेलाई पोखरा ल्याइयो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया