Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेसनल लाइफ इन्स्योरेन्सको तीन दिने चेयरपर्सन कार्यक्रम

नेसनल लाइफ इन्स्योरेन्सको तीन दिने चेयरपर्सन कार्यक्रम


काठमाडौं । नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना अभिकर्ताका लागि तीन दिने (२०८० असोज ६ गतेदेखि ८ गतेसम्म) ‘चेयरपर्सन क्लब, तालिम तथा सम्मान कार्यक्रम काठमाडौंस्थित होटल ह्यात रिजेन्सीमा सम्पन्न गरेको छ ।

कम्पनीका अध्यक्ष श्रीमती प्रेमा राज्यलक्ष्मी सिंहको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा आव २०७९/८० मा तोकिएको लक्ष्य पूरा गर्न सफल चार सय ५० जनाभन्दा बढी अभिकर्तालाई चेयरपर्सन क्लबको सदस्यता वितरण तथा सम्मान प्रदान गर्नुका साथै नेपालभरिबाट आफ्नो कोड र सञ्जालको व्यवसायमा सर्वोत्कृष्ट व्यवसाय गरी प्रथम द्वितीय र तृतीय हुने अभिकर्ताहरू, समूहगत व्यवसायबाट प्रथम हुने र आफ्नो र सञ्जालमा अलगअलग उत्कृष्ट गर्ने सातजना लिडर अभिकर्तालाई सम्मानपत्र तथा नगद पुरस्कारबाट सम्मानित गरिएको थियो ।साथै, सो समारोहमा सातवटै प्रदेशबाट आफ्नो कोडको व्यवसाय र सञ्जालको व्यवसायबाट अलगअलग प्रथम, द्वितीय, तृतीय हुने लिडर अभिकर्तालाई पनि सम्मानित गरिएको थियो ।

समारोहमा अध्यक्ष सिंहले नेपालको जीवनबीमा क्षेत्रमा कम्पनीले आफ्नो अलग्गै पहिचान बनाई एक प्रमुख जीवनबीमा कम्पनीको रूपमा आफूलाई स्थापित गरेको बताइन । कम्पनीले आउने दिनमा आफ्नो प्रतिस्पर्धात्मक धारलाई कायम राखी सबै सरोकारवालालाई उचित प्रतिफल उपलब्ध गराउन प्रयासरत रहेको र यो सबै अभिकर्ताको योगदानबाट मात्र सम्भव हुने भएकाले कम्पनीलाई अग्रस्थानमा पु-याउन महत्वपूर्ण भूमिका खेल्ने अभिकर्ता समूहको वृत्ति विकासलाई उच्च प्राथमिकतामा राख्ने प्रतिबद्धत्ता अध्यक्षले प्रकट गरिन् ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 7

तपाईको प्रतिक्रिया