काठमाडौ । मुठ्ठीदानमार्फत ‘नेपालमा साइकल कानुन’ निर्माण र ‘साइकल संस्कृति अभियान’लाई सघाउन आयोजना गरिएको ‘चित्रकलामा साइकल संस्कृति’ कार्यशाला सम्पन्न भएको छ ।
‘साइकल कल्चर कम्युनिटी’ले मुठ्ठीदान मार्फत ‘चित्रकलामा साइकल संस्कृति’ विषयक कार्यशाला सम्पन्न गरेको हो । महिला साइक्लिस्टको नेतृत्वमाबाट साइकल राइड नेपाल पर्यटन बोर्डमा पुगेर कार्यशालाको उद्घाटन गरिएको थियो । कार्यक्रममा नेपालका ख्यातिप्राप्त साइक्लिस्टहरूलाई सम्मान समेत गरिएको थियो । नेपाल पर्यटन बोर्डको कोर्टयार्डमा भएको खुला चित्रकला कार्यशालामा एक जना कलाकारले दुईवटा क्यानभाषमा चित्रकृति तयार पारेका थिए । कार्यशालामा ३३ जना कलाकार सहभागी थिए । चित्रकार शशिविक्रम शाहले घरबाटै चित्रकृति बनाई कार्यशालामा पठाएका थिए भने केही कलाकारहरूले चित्राकृति घरमै बसेर पनि पूरा गर्ने काम गरेरहेको आयोजकले जनाएको छ । सबै कलाकृति जम्मा गरेर क्याटलग प्रकाशनसहित नेपाल कला परिषद्मा प्रदर्शनी गरिने लक्ष्य आयोजकको छ ।
सांस्कृतिक महत्वका सम्पदा क्षेत्रमा मासभेला तथा अन्तरक्रियासहित सातवटै प्रदेशमा नेपालमा साइकल कानुन र साइकल संस्कृति अभियान अघि बढाउने आयोजक संस्थाले लक्ष्य लिएको छ । यस कार्यबाट साइकल संस्कृति अभियानलाई कलात्मक किसिमले बौद्धिक जगतसँग जोड्ने प्रयास भएको अतिथिहरूले बताए । बरिष्ठ कलाकार, साहित्यकार तथा अभियान्ताहरूले आगामी दिनमा पनि यस किसिमका कलात्मक अभियानमा योगदान गर्ने प्रतिबद्धता जनाएका छन् ।
क्याटेगोरी : बिबिध
ट्याग : #page 2
ताजा अपडेट
- छ वर्षमा पनि बनेन गजेन्द्रनारायण सिंह अस्पतालको भवन
- जनसभामा जथाभाबी फोहोर गरेको भन्दै महानगरले एमालेलाई तिरायो १ लाख जरिमाना
- देशका अधिकांश भागमा आज मौसम सफा रहने पूर्वानुमान
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
- विशेष अदालतको फैसलामा चित्त नबुझेको भन्दै आयोगले गर्यो सर्वोच्चमा पुनरावेदन
- अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री
- सरकारलाई असफल हुने छुट छैन: मन्त्री अधिकारी
- विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा अघि बढेका छौँ: प्रधानमन्त्री
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया