दोलखा । सरकारले सहकारीमार्फत अनुदानमा किसानको लागि उपलब्ध गराएको रासायनिक मल सहकारीहरूले व्यापारीहरूलाई दिएर महँगोमा बेच्न गरेको पाइएको छ । बैतेश्वर गाउँपालिकाले केही दिनअघि गरेको बजार अनुगमनको क्रममा केही सहकारीहरूले व्यापारीलाई मल दिएर महँगोमा बेच्न लगाएको भेटिएको हो ।
बैतेश्वर गाउँपालिकाभित्र मल ल्याउने र किसानलाई वितरण गर्ने मान्यता प्राप्त केही कृषि सहकारीले दर्जनौँ बोरा मल लुकाएर महँगोमा किसानलाई बेच्ने गरेको फेला परेको गाउँपालिका अध्यक्ष छवि लामाले बताए । उक्त कृषि सहकारी संस्थाको पहिचान गरी कारबाही गर्ने अध्यक्ष लामाले जानकारी दिए । अनुगमनको क्रममा विभिन्न वडाका कृषि सहकारीले गाउँपालिकाको सिफारिसमा अनुदान छुटमा मल ल्याएर व्यापारीलाई बेच्न दिने तथा किसानबाट बढी मूल्य लिने गरेको भेटिएको थियो । पालिकाले ती सहकारीहरूलाई अर्कोपटक मल ल्याउने सिफारिस समेत नदिने गरी कारबाही गर्ने जनाएको छ । किसानले खेती गर्ने समयमा मल पाउन नसक्ने, मुख्य समयमा मल अभाव हुने तथा कालोबजारी गर्ने व्यापारीलाई समेत मल बेचेको पाइएमा जरिवाना गर्ने गाउँपालिकाका प्रशासन प्रमुख अधिकृत रवीन्द्र चौलागाईंले बताए ।
अनुगमनका क्रममा व्यापारीहरूले गोदाममा लुकाएर राखेको अवस्थामा समेत मल फेला परेको छ । खेती लाउने समयमा किसानलाई मल अभावको समस्या देखाएर सहकारीले व्यापारीहरूसँगको सेटिङमा महँगोमा मल बेचेको स्थानीय किसानहरूको दुःखेसो रहेकोे छ । बैतेश्वर गाउँपालिकाले लगातार पाँच दिन बजार अनुगमन गरेको थियो । सो क्रममा दुई दर्जन साना तथा ठूला व्यापारी कारबाहीमा परेका छन् ।
अनुगमणका क्रममा करिब १० लाख रुपैयाँ बराबरको म्याद गुज्रिएको दैनिक उपभोग्य वस्तु नष्ट गरिएको प्रतिवेदन बैतेश्वर गाउँपालिकाले सार्वजनिक गरेको छ । यस्तै, म्याद गुज्रिएको खाद्यान्न बेच्ने दुईवटा होलसेल पसल सिल गरिएको छ ।
क्याटेगोरी : बिबिध, समाचार
ट्याग : #Page 8
ताजा अपडेट
- छ वर्षमा पनि बनेन गजेन्द्रनारायण सिंह अस्पतालको भवन
- जनसभामा जथाभाबी फोहोर गरेको भन्दै महानगरले एमालेलाई तिरायो १ लाख जरिमाना
- देशका अधिकांश भागमा आज मौसम सफा रहने पूर्वानुमान
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
- विशेष अदालतको फैसलामा चित्त नबुझेको भन्दै आयोगले गर्यो सर्वोच्चमा पुनरावेदन
- अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री
- सरकारलाई असफल हुने छुट छैन: मन्त्री अधिकारी
- विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा अघि बढेका छौँ: प्रधानमन्त्री
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया