Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएनआईसी एसिया क्यापिटल र नेसनल सोलार पावरबीच सम्झौता

एनआईसी एसिया क्यापिटल र नेसनल सोलार पावरबीच सम्झौता


काठमाडौं । एनआईसी एसिया क्यापिटल र नेसनल सोलार पावरबीच सम्झौता भएको छ । आईडिया टु आईपीओ सेवाअन्तर्गत आईपीओसम्बन्धी कुनै पनि क्षेत्रका कम्पनीलाई कम्पनीको स्थापना कालदेखि आईपीओ जारी गर्ने चरणसम्म पु-याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराउँदै आइरहेको क्यापिटलले जनाएको छ । सोही सेवाअन्तर्गत ललितपुरको जावलाखेलमा रजिस्ट्रार कार्यालय रहेको नेसनल सोलार पावर कम्पनीलाई क्यापिटलको आईडिया टु आईपीओ सेवाअन्तर्गतको संस्थागत परामर्श सेवा, सेयर रजिस्ट्रार सेवासहित नेसनल सोलार पावर कम्पनीको सर्वसाधारणमा निष्काशन गर्ने प्राथमिक सेयर सर्वसाधारणहरूमा सार्वजनिक निष्कासन गर्न

एनआईसी एसिया क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ति गर्नेसम्बन्धी दुई पक्षीय सम्झौता सम्पन्न भएको हो । नेसनल सोलार पावर कम्पनी लिमिटेड सौर्य ऊर्जामार्फत ऊर्जा क्षेत्रमा क्रान्ति ल्याउने मुख्य उद्देश्यका साथ स्थापना भएको कम्पनी हो । हाल उक्त कम्पनीले नवलपरासी जिल्लाको प्रतापपुरमा पाँच मेगावाटको सोलार आयोजना सम्पन्न गरी विगत एक वर्षदेखि सञ्चालन गरिरहेको छ । कम्पनीले एक सय रुपैयाँ अंकित दरका सात लाख २४ हजार कित्ताभन्दा बढी साधारण सेयर सर्वसाधारणमा निष्काशन गर्ने योजना रहेको छ । साथै, कम्पनीले सोही क्षेत्रमा थप १० मेगावाटको सोलार आयोजना सञ्चालन गर्नका लागि आवश्यक सम्पूर्ण कार्यहरू अन्तिम चरणमा पु-याएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया