Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसिटिजन्स बैंक र गुरु ट्राभल्सबीच सम्झौता

सिटिजन्स बैंक र गुरु ट्राभल्सबीच सम्झौता


काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र दरबारमार्गस्थित गुरु ट्राभल्स लिमिटेडबीच छुटसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीपश्चात् सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूले गुरु ट्राभल्समार्फत विभिन्न अन्तर्राष्ट्रिय भ्रमण प्याकेजहरू लिँदा १० हजार रुपैयाँसम्मको छुट पाउने बताइएको छ । यसका साथै गुरु ट्राभल्सको सिफारिसमा डलर-ट्राभल्स कार्ड बनाउन आउने ग्राहकलाई बैंकले कार्ड जारी शुल्कमा आकर्षक छुट दिने भएको छ । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ ।

बैंकले डिजिटल बैंकिङ माध्यमको प्रयोगलाई बढाउन र ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समयसमयमा ग्राहकमैत्री सुविधाहरू सञ्चालनमा ल्याउँदै आएको जनाएको छ । डिजिटल कारोबार गर्दा पाइने छुटसम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिने बताइएको छ । बैंकले देशैभर फैलिएका आफ्ना एक सय ८८ वटा शाखा, एक सय ४८ वटा एटीएम तीनवटा विस्तारित काउन्टर र ९७ वटा शाखारहित बैंकिङ इकाइहरूबाट १६ लाख ५० हजारभन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको जानकारी दिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया