Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगरेबिज नियन्त्रणको २०३० को लक्ष्य

रेबिज नियन्त्रणको २०३० को लक्ष्य


काठमाडौं । रेबिजका कारण वैश्विकस्तरमा प्रतिवर्ष लगभग २६ हजारदेखि ५५ हजार मानिसहरूको मृत्यु हुने गर्छ । यसमध्ये ९५ प्रतिशतभन्दा बढी मृत्यु एसिया एवम् अफ्रिकी महादेशमा हुने गर्छ । रेबिज वैश्विकस्तरमा १५० भन्दा बढी मुलुकमा अवस्थित छ । अंटकिटिकाबाहेक सवै महाद्विपहरूमा यसले आफ्नो उपस्थिति जनाएको छ । तीन अरबभन्दा बढी मानिस विश्वका त्यस्ता क्षेत्रहरूमा बसोबास गर्दछन् जहाँ रेबिज देखिने गर्छ । युरोप एवम् अस्ट्रेलियामा रेबिज चमेरोमा मात्र मौजुद हुन्छ । करिब ९५ प्रतिशत रेबिज कुकुरको टोकाइका कारण हुने गर्छ । कतिपय सानाद्विप मुलुकहरूमा रेबिज रोग छैन । रेबिज (अर्लक, अलातक) एउटा विषाणु जनित रोग हो । जसका कारण अत्यन्त तेज इन्सेफालाइटिस मानिस एवम् अन्य तातो रक्तयुक्त जनावरहरूमा हुने गर्छ । प्रारम्भिक लक्षणहरूमा ज्वरो आउने तथा टोकोको ठाउँमा झम्झमाउने च¥याउने जस्तो हुन सक्छ । यी लक्षणहरूपश्चात निम्नलिखित एक वा कैयौँ लक्षणहरू देखिन सक्छ, हिंसक गतिविधि, अनियन्त्रित उत्तेजना, पानीदेखि तर्सिने शरीरका अङ्गहरू चलायमान हुन असमर्थता, दिग्भ्रमित हुने अनि बेहोस हुने । लक्षण देखिएपश्चात रेबिजको परिणाम लगभग सधैँ मृत्यु नै हो । रोग संक्रमण एवम् लक्षणहरूको सुरुवातको बीचको अवधि एक सप्राहभन्दा कमदेखि तीन महिनासम्म हुन्छ । तथापि यो अवधि एक सप्ताहभन्दा कम समयदेखि एक वर्षभन्दा बढीसम्म बदलिन सक्छ । यो समयावधि त्यस दूरीमा निर्भर हुन्छ जसले विषाणुलाई केन्द्रीय स्नायुतन्त्रसम्म पुग्नका लागि तय गर्नु आवश्यक हुन्छ ।

रेबिज मानिसमा अन्य जनावरबाट सञ्चारित हुने गर्छ । जब कुनै संक्रमित जनावरले कुनै अन्य जनावर या मानिसलाई निथोर्छ वा टोक्छ । तब रेबिज सञ्चारित हुन सक्छ । कुनै संक्रमित जनावरको ¥यालबाट पनि रेबिज सञ्चारित हुन सक्छ यदि त्यस्तो ¥याल कुनै अन्य जनावर एवम् मानिसको श्लेष्मा झिल्लीको सम्पर्कका आउँछ । मानिसहरू रेबिज धेरैजसो कुकुरले टोक्नाले हुन्छ । ती देशमा जहाँ कुकुरहरूमा सामान्यतया रेबिज हुने गर्छ । रेबिजका ९९ प्रतिशत घटनाहरू कुकुरको टोकाइका कारण हुने गर्छ । अमेरिकाका मानिसहरूमा रेबिज संक्रमणको धेरैजसो प्रचलित स्रोत चमेरोको टोकाइबाट हुन्छ । त्यस्तै, पाँच प्रतिशतभन्दा कम कुकुरको टोकाइबाट हुने गर्छ । रेबिज भाइरस परिधीय तन्त्रिकाको माध्यमबाट मस्तिष्कसम्म पुग्छ । रोगको पहिचान मात्र लक्षणको सुरुवातपछि मात्र गर्न सकिन्छ ।

पशु नियन्त्रण एवम् टीकाकरण कार्यक्रमले दुनियाँका कई क्षेत्रहरूमा कुकुरबाट रेबिज हुने जोखिम कम भएको छ । जुन मानिस समुदाय उच्च जोखिममा छन् । तीनलाई रोगको सम्पर्कमा आउनुभन्दा पहिले प्रतिरक्षित गर्नका लागि सल्लाह दिइन्छ । उच्च जोखिम समूहमा ती समुदायहरू सामेल छन् । जहाँ चमेरो र कुकुरबीच मेल हुन्छ त्यसले रेबिजको उपस्थिति मिल्छ । ती समुदायहरू जतिबेला रेबिजको सम्पर्कमा आउँछन्, रेबिजको खोप एवम् कहिलेकाहीँ रेबिज इम्युनोग्लाबिन रोगबाट बचाउन प्रभावी देखिएको छ । यदि रेबिज रोगको लक्षणहरू देखिनुभन्दा पहिले व्यक्तिको उपचार भएमा टोकेको ठाउँ एवम् चिथोरेको ठाउँलाई १५ मिनेटसम्म साबुन तथा पानी पोबिडोन आयोडिनमा यटिर्जेन्टले धुँदा विषाणुलाई मार्न सक्छन् । यसले पनि केही हदसम्म रेबिजको रोकथाममा प्रभावकारी हुन सक्छ । लक्षण देखिएपछि पनि केही मानिस रेबिज संक्रमणबाट बाँच्न सफल भएका छन् । जसको व्यापक उपचार भएको थियो जसलाई मिल्वौकी प्रोटोकोलको नामले चिनिन्छ ।

खोप जुन रेबिजलाई रोकथाम गर्न उपयोग गरिन्छ । यो ठूलो संख्यामा उपलब्ध छ, जुन सुरक्षित एवम् प्रभावकारी दुवै हुन्छ । विषाणुको सम्पर्कमा आउनुभन्दा पहिले एवम् सम्पर्क भएमा जस्तै कुकुर वा चमेरोले टोकेपछि एक अवधिका लागि रेबिजको रोकथाममा यिनको उपयोग गर्न सकिन्छ, जुन लामो समयसम्म रहन्छ ।

यिनलाई सामान्यतया छाला वा मांसपेशीमा इन्जेक्सनद्वारा दिइन्छ । सम्पर्कमा आइसकेपछि खोप प्रायःजसो रेबिज इम्युनोग्लोविनसँग प्रयोग गरिन्छ । जो व्यक्ति एवम् समुदाय रेबिजको सम्पर्कमा आउन सक्ने उच्च जोखिममा हुन्छन् । त्यसैले पहिले नै खोप लगाउनु बुद्धिमानी हुनेछ । मानिस एवम् अन्य पशुमा खोपको प्रयोग प्रभावकारी रहेको छ । कुकुरलाई प्रतिरक्षित गर्नु मानिसमा यो रोग लाग्ने जोखिम न्यूनीकरणको प्रभावकारी उपाय मानिन्छ ।

विश्वस्तरमा वर्षेनि लाखौँ मानिसहरूमा खोप लगाइने गरिन्छ । जसबाट प्रतिवर्ष दुई लाख ५० हजारभन्दा बढी मानिसको ज्यान बचेको छ । खोपको प्रयोग सुरक्षितरूपबाट सबै उमेर समूहमा गर्न सकिन्छ । लगभग ३५ देखि ४५ प्रतिशत मानिसमा संक्षिप्त अवधिको लागि खोप लगाएको ठाउँ रातो हुने तथा दुख्ने गर्छ । करिब पाँचदेखि १५प्रतिशत मानिसमा ज्वरो आउने, टाउको दुख्ने बाकबाकी हुन सक्छ । रेबिजको सम्पर्कमा आएपछि खोपको प्रयोगमा कुनै अन्तर विरोध छैन । केही मुलुकहरूमा खास गरी एसिया एवम् ल्याटिन अमेरिकामा तन्त्रिकाउतर तन्तुबाट बनेको खोप उपयोग हुने गर्दथ्यो । तर यो कम प्रभावकारी एवम् बढी दुष्प्रभावी भएकाले विश्व स्वास्थ्य संगठनले यसको प्रयोग निषेधित गरेको छ । हाल सर्वसुलभरूपमा उपलब्ध हुने रेबिजको खोप टिस्यु कल्चर प्रविधिबाट तयार भएको हुँदा यो भरपर्दो एवम् सुरक्षित पनि छ ।

यसै सन्दर्भमा वैश्विक रेबिज नियन्त्रण एक बाध्यता समूह विश्व पशु स्वास्थ्य संगठन एवम् विश्व स्वास्थ्य संगठनले ई.सं. २०३० सम्म विश्वलाई रेबिज मुक्त गर्ने घोषणा त गरेका छन् । जसका लागि अन्तरसरकारी निकाय एवम् पशु कल्याण कार्यमा संलग्न गैरसरकारी संघसंस्थाबीच कुकुरको जनसंख्या नियन्त्रण नियोजन एवम् रेबिज खोप लगाउने बारे प्रष्ट मार्गचित्रसहितको कार्ययोजना तर्जुमा एवम् कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता हुनु जरुरी छ । किनभने समुदायमा भएका कुकुरमध्ये ९६ प्रतिशतलाई बन्ध्याकरण एवम् जन्मदरमा नियोजन तथा ९६ प्रतिशतलाई खोप मात्र दिन सके यो लक्ष्य हासिल गर्न सकिन्छ भन्ने दृष्टान्त भेटिन्छ । तर निरन्तरताको खाँचो छ तर हाम्रोजस्तो अन्तर विरोध स्थापित समाजमा यसै भन्न के सकिएला र ? बरु सन् २०३० सम्म रेबिज शून्य विश्व ‘गफै त हो नि’ भनेझैँ हुन बेर नलाग्ला ।


क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया