Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगटिङ्कर नाकामा टेलिकमको मोबाइल सेवा

टिङ्कर नाकामा टेलिकमको मोबाइल सेवा


काठमाडौं । नेपाल टेलिकमले उत्तर पश्चिमको अन्तिम बस्ती टिङ्करमा मोबाइल सेवा सञ्चालनमा ल्याएको छ । कम्पनीले मंगलबारदेखि मोबाइल सेवा सञ्चालनमा ल्याएको जनाएको छ । सेवा सञ्चालनमा आएपछि अब सो क्षेत्रका जनताले सहजरूपमा आफ्नै मोबाइलमार्फत फोन गर्न सक्ने भएका छन् ।

चीनको सिमानासँग जोडिएको दार्चुला जिल्लाको व्यास गाउँपालिका वडा नम्बर १ मा अवस्थित उत्तर पश्चिमी नाका टिङ्करमा नेपाल टेलिकमले भीस्याट प्रविधिमार्फत टुजी प्रविधिको सेवा सञ्चालनमा ल्याएको हो । कम्पनीले यसका लागि आवश्यक सामग्री कैलालीको अत्तरिया र दार्चुलाको छाङ्रुबाट टिङ्कर पु¥याएको थियो । पहिले सो क्षेत्रमा भीस्याट प्रविधिका दुई लाइन टेलिफोन सञ्चालनमा थिए । अब भने टिङ्कर क्षेत्रमा रहेका करिब पाँच सय सेवाग्राहीले आफ्नै मोबाइलबाट कुराकानी गर्न सक्ने छन् । यसबाहेक सो क्षेत्रमा अवस्थित सशस्त्र प्रहरी बल र इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी तथा सो क्षेत्रमा आउने पर्यटक समेत यसबाट लाभान्वित हुने बताइएको छ । करिब तीन हजार सात सय मिटरको उचाइमा अवस्थित टिङ्कर भारतसहितको त्रिदेशीय सिमाना जोडिएको स्थान छाङरुबाट करिब १२ किलोमिटर र सदरमुकाम खलंगाबाट करिब ८० किलोमिटर दूरीमा अवस्थित छ । त्यहाँबाट करिब आठ किलोमिटर हिँडेपछि चीनको सिमानास्थित १ नम्बर पिलर पुग्न सकिन्छ ।

नेपाल टेलिकमले प्रतिफल कम आउने र तुलनात्मकरूपमा लगानी बढी हुने स्थानमा समेत समानरूपमा दूरसञ्चार सेवा विस्तार गर्ने क्रमलाई निरन्तरता दिँदै टिङ्करमा सेवा सञ्चालनमा ल्याएको जानकारी दिएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया