Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

दराजको दशैं धमाका


काठमाडौं । नेपालीहरूको महान पर्व दशैंलाई लक्षित गर्दै अनलाइन सपिङ कम्पनी दराजले ‘दराज दशैं धमाका’ सार्वजनिक गरेको छ । चाडपर्वको किनमेलमा सहज वातावरण प्रदान गर्ने उद्देश्यले कम्पनीले सार्वजनिक गरेको सो योजनाअन्तर्गत प्रयोगकर्ताले छुटका साथै विभिन्न उपहार, भौचर प्राप्त गर्न सक्ने कम्पनीको भनाइ छ ।

यस्तै, डेबिट तथा क्रेडिट कार्डमार्फत अग्रिम भुक्तानी गरी थप छुटको फाइदा लिन सकिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार बुधबारदेखि सुरु भएको ‘दराज दशैं धमाका’ योजनामा ७० प्रतिशतसम्मको छुट र सात हजार रुपैयाँ बराबरको भौचरजस्ता फाइदा छन् । यसका साथै अग्रिम भुक्तानीमा डेबिड कार्डको प्रयोगमा १५ प्रतिशत र क्रेडिट कार्डमा २० प्रतिशतसम्मको छुट, तीन हजार पाँच सय रुपैयाँभन्दा माथिको अग्रिम भुक्तानीमा कार्डको प्रयोग गर्ने ग्राहकहरूले एक लाख बराबरको सपिङ भौचर पनि प्राप्त गर्ने मौका पनि रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार ‘दशैं धमाका’ छुट र उपहार मात्र नभएर उत्कृष्ट अनलाइन सपिङ अनुभव सँगाल्दै जीवनमा उमङ्ग भर्ने अवसर पनि हो । यस योजनामा सहभागी भएर मौकाको फाइदा लिन पनि कम्पनीले आग्रह गरेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया