चारपर्व नजिकिएसँगै उपत्यकाका विभिन्न स्थानमा धनमाल चोरी
काठमाडौं । चाडपर्व नजिकिएसँग उपत्यकाका विभिन्न स्थानमा धनमाल चोरी हुन थालेको छ । प्रहरीका अनुसार बुधबार राति उपत्यकाका विभिन्न स्थानका स्थानका घरभित्रबाट धनमाल चोरी भएको हो ।
प्रहरीका अनुसार ललितपुर, महालक्ष्मी नगरपालिका–१ भैरबटोल डेरा गरी बस्ने काठमाडौं महानगरपालिका–२७ घर भएकी ३३ वर्षीया मिना श्रेष्ठको कोठाबाट सुन चाँदीका गहना र नगद १० हजार रूपैयाँ गरी करिब ६ लाख १७ हजार २ सय रूपयाँ बराबरको धनमाल बुधबार दिउँसो चोरी भएको छ ।
काठमाडौं, टोखा नगरपालिका–९ गोगंबु चोक डेरा गरी बस्ने गोरखा पालुङटार नगरपालिका–५ घर भएका ४५ वर्षीय बाबुराम देवकोटाको चहाना उज्वल एक्सपर्ट ईम्पोर्ट प्राईभेट लिमिटेडको कार्यालयबाट ल्यापटप एक थान, प्रोजेक्टर एक थान र क्वान्टम म्याग्नेटिक एनालाईजर एक थान गरी करिब दुई लाख ६० हजार रूपैयाँ बराबरको धनमाल बुधबार राति चोरी भएको छ ।
त्यसैगरी, काठमाडौंस्थित तारकेश्वर नगरपालिका–७ फुटुङ नागपोखरी बस्ने ४० वर्षीय राम कुमार लुङ्गेली मगरको घरबाट सुनका विभिन्न गहना र नगद २० हजार रूपैयाँ गरी करिब एक लाख ३० हजार रूपैयाँ बराबरको धनमाल बुधबार राति चोरी भएको छ । प्रहरीले चोरीमा संलग्न फरार व्यक्तिहरूको खोजी गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
क्याटेगोरी : सुरक्षा अपराध
ताजा अपडेट
- छ वर्षमा पनि बनेन गजेन्द्रनारायण सिंह अस्पतालको भवन
- जनसभामा जथाभाबी फोहोर गरेको भन्दै महानगरले एमालेलाई तिरायो १ लाख जरिमाना
- देशका अधिकांश भागमा आज मौसम सफा रहने पूर्वानुमान
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
- विशेष अदालतको फैसलामा चित्त नबुझेको भन्दै आयोगले गर्यो सर्वोच्चमा पुनरावेदन
- अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री
- सरकारलाई असफल हुने छुट छैन: मन्त्री अधिकारी
- विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा अघि बढेका छौँ: प्रधानमन्त्री
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया