दि नेपाल डिष्टिलरीको नयाँ योजना सुरु
काठमाडौं, वैशाख २६
दि नेपाल डिष्टिलरिजले आफ्नो सामाजिक पहलअन्तर्गत कोरोना भाइरस (कोभिड–१९)को कारण अप्ठ्यारोमा परेकाहरुका लागि सहयोग गर्न एउटा बिल्कुलै नयाँ अवधारणा अगाडि सारेको छ । विशुद्ध सेवाभावका हेतुले कम्पनीले ल्याएको यो नयाँ योजनाअनुसार सहयोगी मन हुनेहरुले आफू, आफ्ना प्रियजन तथा जो कसैले पनि गरेको सेवाभावको कार्यलाई तस्बिर वा भिडियो, जानकारीसहित आफ्नो फेसबुकमा ह्याक्स द न्यू ब्रेभ लेखी सेयर गरेर अरुलाई पनि प्रोत्साहित गर्न सकिन्छ ।
यसरी पोष्ट गर्दा दी नेपाल डिष्टिलरिजले आफ्नो तर्फबाट हरेक पोष्टबराबर एक हजारका दरले रकम जम्मा गरी २ हप्तापछि खाँचोमा परेकालाई खाद्यान्न तथा औषधिजन्य सामग्री उपलब्ध गराउनेछ । दि नेपाल डिष्टिलरिजको समाजिक पहलअन्तर्गत सुरु गरिएको यो योजनामा सहभागी भई फोटो वा भिडियो पोष्ट गर्ने जो कसैको सानो सुरुवातबाट धेरैले लाभ लिन सक्नेछन् । यो योजनाअनुरुप जति धेरै मानिसले फोटो वा भिडियो पोष्ट ग-यो त्यति नै बढी रकम दी नेपाल डिष्टिलरिजका तर्फबाट जम्मा हुन जान्छ । जुन रकम वास्तविक रुपमा खाँचोमा परेकाहरुले प्राप्त गर्ने मौका पाउँछन् ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- सर्वसाधारणका लागि खुला गरिएपछि धरहरा चढ्नेको भीड
- प्राधिकरणको उदीपुर सबस्टेसन निर्माण सम्पन्न
- मेटा र स्पोटिफाईद्वारा युरोपेली सङ्घको एआई सम्बन्धी अस्पष्ट निर्णयको आलोचना
- प्रजातन्त्रका ‘श्रीगणेश’ अर्थात् लौहपुरुष गणेशमान
- नुवाकोटमा आधुनिक बन्दी गृह
- विकास निर्माणका लक्ष्य किन सधैँ अधुरा
- संविधान संशोधनबाट राजनीतिक अस्थिरताको सम्बोधन गर्न सकिन्छ : प्रधानमन्त्री
- संविधानले विभेद र उत्पीडन अन्त्य गरी एकताको सूत्रमा आबद्ध गरेको छ: राष्ट्रपति पौडेल
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया