Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगपरिसंघ र संयुक्त ट्रेड युनियनबीच सम्झौता

परिसंघ र संयुक्त ट्रेड युनियनबीच सम्झौता


काठमाडौं  । नेपाल उद्योग परिसंघ र संयुक्त ट्रेड यूनियन समन्वय केन्द्रबीच सुमधुर औद्योगिक सम्बन्ध अभिवृद्धिका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ । रोजगारदाता र श्रमिकबीच समझदारी गरी अगाडि बढेको सम्भवतः दक्षिण पूर्वी एसियाकै पहिलो हो ।

समझदारीपत्रमा परिसंघका तर्फबाट अध्यक्ष राजेशकुमार अग्रवाल र केन्द्रका तर्फबाट अध्यक्ष विनोद श्रेष्ठले हस्ताक्षर गरेका छन् । समझदारीपत्रको मुख्य उद्देश्य रोजगारदाता र श्रमिकबिच असल श्रम सम्बन्धको विकास गर्दै लगानीको वातावरण निर्माण गरी मुलुकभित्र रोजगारीका थप अवसरहरू सिर्जना, जिवनस्तर विकास, उत्पादकत्व वृद्धि गर्दै मुलुकको समग्र आर्थिक विकासमा योगदान गर्नु रहेको छ । कार्यक्रममा परिसंघका अध्यक्ष अग्रवालले विश्व श्रम बजारको इतिहासमा श्रमिक र रोजगारदाताहरूको विषय, सवाल, मुद्दामा आधिकारीक रुपमा सहकार्य भएको सम्भवत यो पहिलो अभ्यास भएको बताए । यस प्रकारको सहकार्य तथा समझदारीले उत्पादन, सीप, रोजगारीका समस्या तथा चुनौतीहरूलाई सम्बोधन गर्न महत्वपूर्ण भूमिका खेल्ने उनको भनाई थियो ।

श्रमिक र रोजगारदाताबीचको सौहार्दपूर्ण सम्बन्धबाट नै आर्थिक संमृद्धि हासिल गर्न योगदान दिन सकिन्छ भन्नेमा परिसंघले विश्वास राख्दै आएको उनले बताए । मजदुर र मालिक होइन, यी दुई आर्थिक संमृद्धिको सहयात्री हुन् भन्ने विषयलाई आत्मसाथ गर्दै आएको उनको भनाइ थियो । अध्यक्ष अग्रवालले यो समझदारी विदेशी लगानीकर्ताका लागि समेत सुखद् सन्देश बन्ने विश्वास समेत व्यक्त गरे । यस्तै केन्द्रका अध्यक्ष विनोद श्रेष्ठले विगतमा रोजगारदाता र श्रमिकको सम्बन्ध “बाघ र बाख्रा” जस्तो दोन्द्धात्मक परिस्थितिको स्मरण गर्दे हाल रोजगारदाता र श्रमिकबीचको सम्बन्ध “पानी र माछा” भएको बताए । यो सम्बन्धलाई आत्मसाथ गर्दा रोजगारदाता र श्रमिकबीच सौहार्दपूर्ण वातावरण तयार भएको र रोजगारदाताहरूसँग समझदारी गरेर अगाडि बढ्ने सकिने चरणमा आइपुगेको उनको भनाई थियो ।

परिसंघका उपाध्यक्ष भिम घिमिरेले यस समझदारी देशको आर्थिक सुमुन्नति, औद्योगिक विकास, वैदेशिक लगानीको वातावरणलाई आकर्षित गर्न मुख्य औजार बन्ने उल्लेख गरे । कार्यक्रममा सहभागी श्रमिकका अगुवा संघसंस्थाका प्रतिनिधिहरूले सम्झौताको स्वागत गर्दै कार्ययोजना तयार गरी द्धिपक्षीय संयन्त्रलाई नयाँ आयामबाट पालन गर्न आग्रह गरे । कार्यक्रममा संयुक्त ट्रेड यूनियन समन्वय केन्द्रमा आबद्ध सबै ट्रेड युनियनका पदाधिकारी एवं प्रतिनिधि सहभागी थिए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया