हिमालयन बैंकको भवन शिलान्यास
काठमाडौं । हिमालयन बैंकले नयाँ भवनको शिलान्यास गरेको छ । बैंकले काठमाडौं महानगरपालिका वडा नं २२, खिचापोखरीस्थित आफ्नै जग्गामा भवन निर्माणका लागि शिलान्यास गरेको हो । बैंकका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठले भवन निर्माणको शिलान्यास तथा विशेष पूजा गरेको बंैंकले जानकारी दिएको छ ।
समारोहमा बैंकका सञ्चालकहरू, प्रमुख कार्यकारी अधिकृत, उच्चपदस्थ कर्मचारीलगायत अन्य कर्मचारीहरूको उपस्थिति रहेको थियो । बैंकका अध्यक्ष श्रेष्ठले देशका विभिन्न प्रमुख सहरहरूजस्तै इटहरी, वीरगञ्ज, भैरहवाबाट बैंकले आफ्नै भवनबाट ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको जनाएको छ । काठमाडौंको दरबारमार्गमा पनि भवन निर्माण अन्तिम चरणमा पुगेको उनले जानकारी गराए।त्यस्तै, बैंकले भरतपुर र नेपालगञ्जमा पनि निकट भविष्यमा आफ्नै भवन निर्माण गरी ग्राहकहरूलाई सेवा प्रदान गर्ने योजना रहेको बताएका छन् ।
बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर राणाले भवन निर्माणपश्चात् बैंकले आफ्नै भवनबाट आफ्ना ग्राहकलाई विशेष तथा परिष्कृत बैंकिङ सेवा–सुविधा प्रदान गर्ने उद्देश्य राखेको बताए । यसबाट बैंकका ग्राहकलाई थप सुविधा प्राप्त हुने विश्वास व्यक्त गरेका छन् । हाल बैंकले देशभरि रहेका एक सय ७६ वटा शाखा, दुई सय ६८ वटा एटीएम, २० विस्तारित काउन्टर तथा १७ हजारभन्दा बढी विप्रेषण भुक्तानी केन्द्रहरूबाट ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया