कजरिया टायल्सले नेपालमै गुणस्तरीय सेरामिक्स उत्पादन गर्ने
काठमाडौं । कजरिया रमेश टायल्सले नेपालमै सेरामिक्स उत्पादन गर्ने भएको छ । एभरेस्ट बैंकको सहवित्तीयकरणअन्तर्गत सहभागी बैंकहरूबीच वित्तीय सहजीकरण गर्नेसम्बन्धी सम्झौता भएको हो । बैंकको तर्फबाट एभरेस्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ तथा रमेश टायल्सको तर्फबाट कम्पनीका उपाध्यक्ष रोहित गुप्ताले सम्झौतापत्रमा हस्ताक्षर गरे । कार्यक्रममा सह–वित्तीयकरणका अन्य सदस्य बैंकहरू नबिल बैंक, नेपाल एसबीआई बैंक र प्रभु बैंकका उच्च पदस्थ अधिकारीहरू समेतको उपस्थिति रहेको थियो ।
नेपाललाई टायल्स उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ नवलपरासीमा रहेको प्लान्टबाट उत्पादन हुने टायल्सको कुल लागत चार सय करोडमध्ये सह–वित्तीयकरणअन्तर्गत तीन सय करोड रुपैयाँ लगानी रहने बताइएको छ । विश्वको सातौँ ठूलो टायल्स उत्पादन कम्पनी कजरिया सेरामिक्स भारतको संयुक्त लगानी रहेको कजरिया रमेश टायल्स लिमिटेडले नेपालमा आधुनिक उपकरणहरू प्रयोग गरी गुणस्तरीय टायल्स तथा सेरामिक्सका अन्य उत्पादनहरू अन्तर्राष्ट्रिय मापदण्डबमोजिम गुणस्तरीय हुने जनाएको छ ।
मार्च २०२४ बाट सुरुवात हुने उक्त परियोजनाले देशमा हुने टायल्सको माग पूरा गरी आयात प्रतिस्थापन गर्नेमा महत्वपूर्ण योगदान गर्ने विश्वास लिइएको छ । बैंकमा हालसम्म करिब १३ लाखभन्दा बढी ग्राहकहरू रहेको र देशभर एक सय २७ शाखाबाट तीनवटा एक्स्टेन्सन काउन्टर, सातवटा प्रादेशिक कार्यालय, एक सय ६२ वटा एटीएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र एसएमएस बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ । बैंकले नेपाल सरकारको राजस्व संकलनका लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आएको जनाएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया