Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेसनल लाइफले ल्यायो स्मार्ट मोबाइल एप

नेसनल लाइफले ल्यायो स्मार्ट मोबाइल एप


काठमाडौं । नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना अभिकर्ता, ग्राहक वर्ग एवम् सर्वसाधारणलाई सहज र सरल तरिकाले थप सेवा सुविधा उपलब्ध गराउने उद्देश्यले स्मार्ट मोबाइल एपको सुरुवात गरेको छ ।

कम्पनीले काठमाडौंमा आयोजना गरेको एक विशेष कार्यक्रममा अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंहले कम्पनीको स्मार्ट मोबाइल एपको शुभारम्भ गरेकी हुन् । मोबाइल एपको शुभारम्भ गर्दै अध्यक्ष सिंहले कम्पनीले सुरु गरेको यस स्मार्ट मोबाइल एपबाट आफ्ना अभिकर्ता तथा बीमितहरूले घरबाटै आफ्नो बीमालेखसम्बन्धी सम्पूर्ण जानकारी प्राप्त गर्न सक्ने भएकाले कम्पनीको विश्वसनियतामा अझ वृद्धि हुने विचार व्यक्त गरिन् । यसैगरी प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले अभिकर्ता सञ्जाललाई व्यावसायिक बनाउन थप लगानी गर्ने प्रतिबद्धताअनुरूप कम्पनीले स्मार्ट मोबाइल एप लञ्च गरेको र यस एपको माध्यमबाट अभिकर्ता तथा ग्राहकले डिजिटलाइजेसनमार्फत छिटो छरितो कार्य सम्पादन गर्न सक्ने बताए ।

स्मार्ट एपको विशेषताका बारेमा कम्पनीका सहायक महाप्रबन्धक प्रज्वल सायमीले विस्तृत जानकारी गराउँदैै यस एपबाट अभिकर्ताले आफ्नोलगायत सञ्जालको व्यवसाय साथै आफ्ना बीमितहरूको बीमालेख सम्वन्धमा आवश्यक जानकारी प्राप्त गर्न सकिने र एपमार्फत नै आफ्ना बीमितलाई सम्पर्क गरी बीमालेख व्यतित हुनबाट जोगाउन सक्ने व्यवस्था रहेका बारे जानकारी गराए । यसैगरी कम्पनीका बीमितहरूले एपमार्फत बीमा शुल्क नवीकरणका सूचना प्राप्त गर्न सक्ने र एपमार्फत नै नवीकरण बीमा शुल्क डिजिटल भुक्तानी गर्न सक्ने एवम् सर्वसाधारणहरूले पनि कम्पनीका बारेमा विविध महत्वपूर्ण सूचनाहरू प्राप्त गर्नेलगायतका धेरै विशेषताहरू एपमा रहेको जानकारी गराए ।

कार्यक्रममा सहभागी अभिकर्ताहरूले एपको माध्यमबाट सहजरूपमा घरै बसी धेरै कार्य गर्न सकिने भएको हुँदा आगामी दिनमा बीमा व्यवसाय प्रवद्र्धनमा अझ बढी सहयोग मिल्ने धारण राखे । कार्यक्रममा देशैभरि रहेका प्रदेश एवम् शाखा कार्यालयका प्रमुखहरू र वरिष्ठ अभिकर्ताहरूको उपस्थिति रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया