अनर नेपालको फेस्टिभ अफर
काठमाडौं । सेलट्रोन नेपाल लिमिटेड नेपालका लागि अनरको आधिकारिक वितरकले आफ्ना ग्राहकका लागि सबैभन्दा ठूलो चाडपर्व अफर ल्याएको छ । ‘बनाउ दशैं अनरमय’ भन्ने ट्याग लाइनका साथ कम्पनीले बम्पर उपहारको पर्व ल्याएको हो ।
सेलट्रोन नेपालले ‘अनरको बहार, चाडपर्वमा उपहारै उपहार’ नामक अभियान सुरु गरिएको जनाएको छ । सो अफरअन्तर्गत खरिदकर्ताले अनर स्मार्टफोनको हरेक खरिदमा दैनिक उपहार, मेगा उपहार, बम्पर उपहार र भेस्पा जित्ने अवसर प्राप्त गर्न सक्ने बताइएको छ । उपहारहरू चार खण्डमा विभाजित गरिएको कम्पनीले जनाएको छ ।
पहिलो उपहारमा पाँच हजार नौ सय ९० रुपैयाँ मूल्यको अनर एयरबड्स एक्स५ वा छ हजार चार सय ९० रुपैयाँ पर्ने अनर ब्यान्ड सिक्स हरेक दिन जित्न सक्नेछन् । यस्तै, दोस्रो उपहार भने मेगा गिफ्ट अफर रहेको छ, यसमा खरिदकर्ताहरूले ४३ इन्च स्मार्ट टिभी वा अनर वाच ४ वा अनर ९० फाइभजी जित्ने मौका पाउन सक्ने बताइएको छ । तेस्रो उपहारमा ल्यापटप वा थाइल्याण्ड टुर जित्ने मौका पाउने कम्पनीले जनाएको छ । यसैगरी चौथो उपहार भने एक भाग्यशाली विजेताले भेस्पा स्कुटर जित्न सक्ने बताइएको छ । दैनिक विजेता र अन्य विजेताहरूको घोषणा अनर फेसबुक पेज अनर फेसबुक पेज अनर एनपी र इन्स्टाग्राम पेज अनर नेपालबाट गरिने कम्पनीको भनाइ छ ।
कम्पनीका अनुसार उपहार योजनामा भाग लिनका लागि कुनै पनि अनर स्मार्टफोन खरिद गरेपश्चात् अनर लेखेर एक स्पेस छाडी आईएमईआई नम्बर टाइप गरेर ३५००१ मा पठाउनुपर्ने बताइएको छ । अनरको यो अफर आगामी कात्तिक ३ गतेसम्म मान्य रहने कम्पनीले जनाएको छ । यस्तै, कम्पनीले ‘दशैं उत्सव, छुटको उत्सव’ योजना पनि ल्याएको छ । यो योजनाअनुसार उपभोक्ताहरूले निश्चित अनर स्मार्टफोन र सहायक उपकरणहरूको मूल्यमा आकर्षक छुट पाउने बताइएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- आठ वर्षपछि फेरि किन बढ्यो ‘लोडशेडिङ’ हुने डर ?
- युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, रुसमा चर्को आक्रोश
- डेडिकेटेड ट्रंक लाइन बिबादमा टिओडी मिटर गणना गर्न विज्ञ समिति गठन
- मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
- जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया