उडुसका कारण फ्रान्समा सात विद्यालय बन्द
फ्रन्स । उडुस प्रकोपलाई लिएर फ्रान्सले सात विद्यालय बन्द गरेको छ । फ्रान्सका शिक्षामन्त्री गेब्रियल एटले शुक्रबार उडुस प्रकोपका कारण सात विद्यालय बन्द गरिएको घोषणा गरेका थिए । फ्रान्स ५ टेलिभिजनलाई दिएको अन्तरवार्तामा शिक्षा मन्त्री एटले १७ विद्यालयमा उडुस भेटिएको र सातवटाको पठनपाठन बन्द गर्नुपरेको बताए ।
फ्रान्सेली सरकारले रग्बी विश्वकप आयोजना गर्ने र २०२३ पेरिस ओलम्पिकको तयारी गरिरहेको बेला उडुस संक्रमणको बढ्दो रिपोर्टलाई सम्बोधन गर्न विभिन्न बैठकहरुको श्रृंखला नै आयोजना गरेको थियो । शिक्षा मन्त्रालयले यसअघि एक हजार पाँच सय विद्यार्थी रहेका पाँच विद्यालय बन्द गरेको जानकारी दिएको थियो । गतसाता फेरि थप दुई विद्यालय बन्द गरिएको हो ।
फ्रान्समा यो अनुमान गरिएको छ कि केही वर्षयता १० घरहरुमध्ये एकले उडुस समस्याहरुको सामना गर्नुपरेको छ । केही व्यक्तिहरुले पेरिस मेट्रो, उच्चगतिका ट्रेनहरु र पेरिसको चाल्र्स डे गौेले एयरपोर्टमा उडुस देखापरेको बताएका छन् । तर, ती तथ्यहरु पुष्टि भएको भने छैन ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने: प्रधानमन्त्री
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया