जिबि आग्रीको सामाजिक कथामा ‘रातो टिकी’ सार्वजनिक
काठमाडौं । जिबि आग्रीको कथा र निर्देशनमा कृष्ण विकको नयाँ गीत ‘रातो टिकी’ सार्वजनिक भएको छ । सुरेश अधिकारीको शब्द र सङ्गीत रहेको गीत मंगलबार ओएसआर डिजिटलबाट सार्वजनिक भएको हो ।
१२ मिनेटको गीति भिडियोले एकल महिलाको कथा बोलेको छ । समाजलाई केही न केही सन्देश दिने खालका भिडियो बनाउन रुचाउने निर्देशक आग्रीले यस भिडियोमार्फत एकल महिलाका नाममा समाजले गरेका विभेदको विरुद्ध आवाज उठाएका छन् । ‘सामान्य मायाप्रेमका गीत धेरै बन्छन् अनि बनाइन्छ पनि, तर समाजका लागि केही दिने खालका काम भने केहीमा मात्र गर्न पाइन्छ’, निर्देशक आग्रीले भने, ‘यस्ता काम गर्ने अवसर पाउनु पनि ठूलो कुरा हो, जसले आफूलाई पनि गर्वको महसुस हुने गर्छ ।’
यसअघि जातीय विभेदविरुद्धको सन्देश रहेको विकको ‘हजुर मुसुक्कै’ बोलको गीतमा पनि आग्रीले निकै राम्रो प्रतिक्रिया पाएका थिए । विशेष गरेर हिन्दु अतिवादी सोच भएका असली हिन्दु धर्म र हिन्दुत्वको ज्ञान नभएकाहरूले महिलामाथि गर्ने विभेदलाई हटाउनु नै गीतको प्रमुख उद्देश्य रहेको निर्देशक आग्री बताउँछन् । ‘हाम्रो समाजमा अझै पनि एकल महिलाहरूलाई हेर्ने नजर फरक छ, अझ सुदूरपश्चिमतिर त यो अवस्था झनै विकराल छ’, आग्री भन्छन्, ‘यस्ता कुराहरूलाई कम गर्न गीतसङ्गीतको माध्यम महत्वपूर्ण हुने विश्वास मैले लिएको छु ।’
त्यसो त भाइरल हुनुभन्दा सन्देशमूलक गीत गाउने र समाज परिवर्तनमा योगदान दिने प्रयास आफूले गरेको बताउँछन् गायक कृष्ण विक । सुरेश अधिकारीको शब्द र संगीत रहेको गीतमा कृष्णका साथै मेलिना राई र रेखा जोशीको आवाज छ ।
रातो टिकीमा महानायक राजेश हमाल, दिलीप रायमाझी, केकी अधिकारी, निता ढुंगाना र घनश्याम जोशीको जीवन्त अभिनय रहेको छ । कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडियो गोपाल रायले खिचेका हुन् भने विपिन मल्लले सम्पादन गरेका छन् । मनोज श्रेष्ठको भीएफएक्स रहेको भिडियोको कलर करेक्सन रेनिश फागोले गरेका छन् ।
क्याटेगोरी : मनोरञ्जन
ट्याग : #Page 8
ताजा अपडेट
- नेपालगञ्जमा १०८ फिट अग्लो ‘हनुमान’को मूर्ति बनाइँदै
- राजस्व सङ्कलन बढ्यो
- ‘प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम’ प्रारम्भ
- शेयर बजार राताम्मै
- भारतीय सेनाध्यक्षलाई राष्ट्रपतिद्वारा ‘मानार्थ महारथीको दर्ज्यानी चिन्ह’ प्रदान
- पूर्वाञ्चल विश्वविद्यालयले अन्तर्राष्ट्रिय सम्मेलन गर्ने
- पाथीभरा क्षेत्रमा हल्का हिमपात सुरु
- बजार माग बढेसँगै अलैँचीको मूल्य उच्च विन्दुमा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया