के हो प्रि–एजीएम र किन गरिन्छ ?
काठमाडौं । अहिले विभिन्न पब्लिक लिमिटेड कम्पनीहरूको वार्षिक साधारणसभा गर्ने सिजन हो र कतिपय कम्पनीहरूले वार्षिक साधारणसभा गरी सकेको पनि देखिन्छ । तर केही कम्पनीहरूले आफ्नो वार्षिक साधारणसभा गर्नभन्दा केही दिनअगाडि प्रि–एजीएम गर्ने गरेको बताउँछन् सरोकारवालाहरू । कतिपय कम्पनीहरूले प्रि– एजीएममा गरी केही वक्ता सेयर धनीहरूलाई छलफल गर्ने भनेर बोलाएर कम्पनीले कक्टेल डिनर र यातायात खर्च भनेर केही रकम समेत दिने गर्छ्रन् भनेर चर्चा चल्ने गरेका हुन्छन् । केही वक्ता सेयर धनीहरू त सभामा बोल्नका लागि पोखरासम्म पनि पुगेका हुन्छन् । आखिर के हो त वास्तविकता ? के हो त प्रि–एजीएम भनेको कम्पनीहरूले आफ्नो वार्षिक साधारणसभा गर्नभन्दा पहिले केही वक्ता सभामा बोल्ने सेयर धनीहरूलाई वार्षिक साधारणसभामा प्रस्तुत गरिने प्रस्तावहरूमा विषयमा छलफल गर्ने भनेर भेला गरिने कार्यक्रमलाई प्रि–एजीएम भनेर भन्ने गरेका छन् । कम्पनीहरूले आफ्नो वार्षिक साधारणसभा गर्नेभन्दा केही दिनअगाडि प्रि–एजीएम गर्ने गरिन्छ भनेर सबैजसो साधारणसभामा सेयर धनीहरू माझ चर्चा हुने गरेका छन् । केही कम्पनीहरूले केही सेयर धनीहरूलाई पारवाहन खर्च भनेर केही रकम समेत दिने गरिन्छ भनेर सधैं चर्चा हुने गरेका छन् । के यो साँचो हो त ? कि हल्ला मात्रै कि केही कम्पनी र सेयर धनीहरूलाई बदनाम मात्र गर्न खोजेको हो ? तर पनि केही वक्ता शेयरधनीहरूले यसलाई साँचो हो भनेर पनि भन्ने गरेका छन् ।
आखिर किन गर्छन् त कम्पनीहरूले प्रि–एजीएम सेयर धनीहरूका बीच चासोको विषय बनेका छन् । नेप्सेमा सूचीकृत विभिन्न कम्पनीहरूले आर्थिक वर्ष सकेपछि वार्षिक साधारणसभाहरू गर्नुपर्ने हुन्छ । तर कतिपय बैंक तथा वित्त कम्पनीहरूले साधारणसभाभन्दा केही दिनअगाडि प्रि–एजीएम गर्ने गरेको सरोकारवालाहरू बताउँछन् । केही कम्पनीहरूले तारे होटेलहरूमा गर्ने गरेका छन् भने केही कम्पनीहरूले आफ्नो कार्यालयमा गर्ने गरेको बताइन्छ । वार्षिक साधारणसभा गर्नभन्दा पहिले किन प्रि–एजीएमहरू गर्ने गरेका भनेर पनि सेयर धनीहरू बीच चर्चाहरू हुने गरेका छन् । कतिपय प्रि–एजीएम गर्ने गरेका कम्पनीहरूको भनाइमा कम्पनी र सेयर धनीहरूबीच अन्तरक्रिया गर्नको लागि गर्ने गरेको पनि भनाइ रहेका छन् । तर यस्ता प्रि–एजीएमहरूमा साधारणसभामा बोल्ने गरेका केही सीमित वक्ता सेयर धनीलाई मात्र किन बोलाउँछन् त अरू इच्छुक सेयर धनीहरूलाई किन बोलाइँदैन त प्रश्न छ । त्यसैगरी कम्पनीहरूको वार्षिक उत्सव होस् वा अरू कुनै कम्पनीको कार्यक्रममा पनि साधारणसभामा बोल्ने गरेका केही सेयर धनीहरूलाई मात्र कम्पनीले बोलाउने गर्ने गरेको चर्चा हुने गरेका छन् । वार्षिक साधारणसभाहरूमा नै कम्पनीको बारेमा कम्पनीको प्रतिवेदनको बारेमा कम्पनीको र्कायको गतिविधिको बारेमा आ–आफ्नो भनाइहरू राख्न नै पाइन्छ भने किन अन्तर्क्रियाको बहानामा प्रि–एजीएम गरी केही वक्ता सेयर धनीहरूलाई मात्र बोलाउने गरेको होला भनेर पनि चर्चाहरू हुने गरेका छन् आम सेयर धनीहरूबीच । कतिपय सरोकारवालाहरूको भनाइमा वार्षिक साधारणसभाहरूमा के–कस्तो भनाइहरू रहने भन्ने बारेमा छलफल गर्ने गरेको र कम्पनीको तर्फबाट पनि केही टिप्सहरू दिने गरेको र त्यहीअनुसार नै साधारणसभाहरूमा सेयर धनीहरूले आ–आफ्नो भनाइ राख्ने गरेको बताउँछन् सरोकारवालाहरू । यस्ता प्रि–एजीएमहरू तारे होटलमा गर्ने र कक्टेल डिनर हुने र कतिपय कम्पनीहरूले साधारणसभामा बोल्ने गरेका केही वक्ता सेयर धनीहरूलाई पारवहन खर्च भनेर केही रकम पनि दिने गरेको चर्चा चल्ने गरेका छन् । यदि यस्तो हुने गरेका र यो चर्चा साँचो हो भने यो पनि एक किसिमको अनैतिक हो । यो विकृति पनि होभन्दा पनि फरक नपर्ला । यस्तो प्रवृत्तिलाई हटाउनुपर्ने बताउँछन्, आम सेयर धनीहरू । तर कतिपयको भनाइमा साधारणसभामा बोल्ने गरेका केही चर्चित वक्ता सेयर धनीलाई कतिपय कम्पनीहरूले नै आफ्नो सभामा बोल्नका लागि बोलाउने गरेको पनि चर्चा नचलेको होइन । यस्तो प्रवृत्तिले कतिपय कम्पनीको शाखमा नै असर पर्ने गरेको पनि बताउँछन् सरोकारवालाहरू । यसमा कम्पनीहरूको ध्यान जान जरुरी छ ।
नेप्सेमा सूचीकृत पब्लिक लिमिटेड कम्पनीहरूले एक आर्थिक वर्ष सकिएपछि वार्षिक साधारणसभाहरू गर्नुपर्छ । चालू आर्थिक वर्षको समाप्तिपछि गरिने वार्षिक साधारणसभाहरूमा कम्पनीको समीक्षा वर्षमा भए गरेका कामकारबाही गतिविधिको प्रतिवेदन प्रस्तुत गर्नुपर्ने हुन्छ । त्यस्तै, साधारणसभामा आगामी वर्र्षमा गर्नुपर्ने भावी योजनाको बारेमा पनि छलफल गर्ने र योजनाहरू प्रतिवेदनहरू परित गर्ने काम हुन्छ । समीक्षा वर्षमा भए गरेका काम गतिविधिहरूको प्रतिवेदन र प्रस्तावहरू साधारणसभाको बहुमतले पारित भएपछि मात्र लागू हुने प्रावधान रहेका छन् । यसका लागि पनि वार्षिक साधारणसभा महत्वपूर्ण हुन्छ, कम्पनी र सेयर धनीहरूका लागि । यसकारणले पनि आर्थिक वर्ष सकिनासाथ कम्पनीहरूले वार्षिक साधारणसभाहरू गर्ने गरेका हुन्छन् । खासगरी बैंक तथा वित्तीय कम्पनीहरू हाइड्रोपावर कम्पनीहरू र बीमा कम्पनीहरूले नियमित वार्षिक साधारणसभा गर्ने गरेको देखिन्छन् । यस्ता साधारणसभाहरूमा सेयर धनीको चहलपहल पनि हुने गरेका छन् ।
अधिकांश वार्षिक साधारणसभामा कम्पनीहरूले पेश गर्ने गरेको वार्षिक प्रतिवेदनमाथि छलफल गर्ने काम हुन्छ । यस्ता छलफलमा टाठाबाठा भनिने केही वक्ता सेयर धनीहरूले बोल्ने गरेका हुन्छन् । अधिकांश सेयर धनीहरूको भनाइमा सबैजसो साधारणसभामा बोल्ने गरेका अनुहारहरू एउटै हुने गरेको बताउँछन् । किन नयाँनयाँ अनुहारहरू देखा पारिँदैन भनेर पनि चर्चाहरू हुने गरेका छन् । सभामा उपस्थित सेयर धनीहरू यिनीहरूको भाषण मात्रै सुन्ने गरेको बताउँछन् । कतिपय सेयर धनीहरको भनाइमा नयाँनयाँ सेयर धनीहरूले पनि बोल्नुपर्ने बताउँछन् । कतिपय सेयर धनीहरूको भनाइमा साधारण सभामा बोल्ने गरेका सेयर धनीहरूले समग्र सेयर धनीको प्रतिनिधिको रूपमा हुने गरेको कारणले बोल्नभन्दा पहिले साधारणसभामा उपस्थित आमसेयर धनीसँग छलफल गरेर मात्र बोल्नुपर्ने बताउँछन् । तर यस्तो गरेको भने पाइँदैन । सभामा उपस्थित सेयर धनीहरूसँग छलफल नगरी सेयर धनीको समस्यालाई पहिचान जानकारी नलिई नगरी आफ्नो योजनाअनुसार नै बोल्ने गरेको बताउँछन् सेयर धनीहरू । यस कारणले पनि वार्षिक साधारणसभामा सेयर धनीहरूसँग कम्पनीको अन्तर्कि्रया मात्र गर्नुपर्ने बताउँछन् अधिकाश सेयर धनीहरू । यसो भएमा सभामा उपस्थित धेरैजसो सेयर धनीहरूले आफूलाई लागेका एउटा दुईवटा जिज्ञासा राख्न पाउने र व्यवस्थापनबाट पनि तुरुन्तै उत्तर पनि दिन सकिने भएकाले समयको पनि बचत हुने अधिकांश सेयर धनीहरूको भनाइ रहेको छ । एक/दुईवटा जिज्ञासा राख्नका लागि पनि ड्यासमा गएर बोल्नुपर्ने भएकाले सेयर धनीहरूले आफ्ना भनाइहरू राख्न नसकेको पनि बताउँछन् सरोकारवालाहरू ।
वार्षिक साधारणसभा हुनुभन्दा अगाडि प्रि–एजीएम गर्ने गरेका आर्थिक लेनदेन पनि हुने भएकाले होला सायद साधारणसभाहरूमा बोल्नेहरूको ताँती नै लाग्ने गरेको हो कि त्यसो त वृद्धभत्ता पाकिसकेकाहरू पनि साधारणसभामा बोल्नका लागि मात्र भए पनि पाउ कष्ट गर्ने गरेको हो कि ? त्यसो त वृद्धभत्ता पाकिसकेकाहरूले बोल्न नहुने भन्ने पनि छैन । त्यस्तै, एकै दिन धेरै साधारणसभाहरू भए आफूले भ्याउनेसम्ममा हस्याङफस्याङ गरी आफ्नो गाडी भाडा खर्च गरी पुगेका नै हुन्छन् भनेर पनि चर्चाहरू हुने गरेका छन् । तर यो चर्चा हल्ला मात्रै हो वा यसमा सत्यता पनि छ ? त्यसो त हाम्रोमा एउटा उखान पनि छ, हावा नचली पात हल्लिँदैन भन्ने । तर पनि कतिपय सरोकारवालाहरूको भनाइमा यस्तो हल्ला गरी केही कम्पनी र वक्ता सेयर धनीहरूलाई बदनाम गर्न खोजिएको त होइन भनेर पनि भन्नेहरू नभइएका होइनन् । कतिपयले यसमा सत्यता पनि हुन सक्ने औल्याउँछन् । यदि कुनै कसैमा यस्तो प्रवृत्ति भए यसलाई हटाउन जरुरी छ । कम्पनीले पनि आफ्नो शाखमा असर हुने काम र गतिविधि गर्न नहुने आम सेयर धनीको भनाइ छ । यसमा स्वयम् कम्पनीहरूले नै विशेष ध्यान दिनुपर्ने देखिन्छ । वार्षिक साधारणसभामा सेयर धनीहरूले बोल्ने नगरे पनि सभामा कुनै असर नपर्ने बताउँछन् सर्वसाधारण सेयर धनीहरू । त्यसो त कतिपय कम्पनीले आफ्ना केही भनाइहरू साधारणसभामा सप्रेषण गर्न लगाउनका लागि पनि प्रि–एजीएम गर्ने गरेको पनि चर्चा चल्ने गरेका छन् । सायद हुन सक्छ यही कारणले पनि प्रि–एजीएममा केही वक्ता सेयर धनीलाई मात्र बोलाउने गरेको ।
अन्त्यमा, साधारणसभामा भाग लिने अधिकांश सेयर धनीहरूले यस्तो विषय र कम्पनीले पेश गर्ने गरेको प्रस्ताव प्रतिवेदनमा ध्यान दिनेभन्दा पनि खाना र खाजामा झुम्मिने र पाएदेखि खाजाखाना बिस्कुटहरू झोलामा राखेर समेत लैजाने गरेका छन् । केही लाज पचेका सेयर धनीहरू पनि नभएका भने होइनन् ।
क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4
ताजा अपडेट
- चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने: प्रधानमन्त्री
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया