Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगसीताराम गोकुल मिल्क्सको चाडपर्व अफर

सीताराम गोकुल मिल्क्सको चाडपर्व अफर


काठमाडौं । डेरी उद्योग सीताराम गोकुल मिल्क्स प्रालिले चाडपर्व अफर ल्याएको छ । बडादशैं, शुभ दीपावली तथा छठ पर्वको अवसर पारेर कम्पनीले ‘यसपालि सीतारामले ल्यायो स्वाद र स्वास्थ्यको साथ बम्पर उपहार’ योजना ल्याएको हो ।

यसअन्तर्गत सीतारामका दूधजन्य उत्पादन खरिदमा एउटा कुपन प्राप्त हुनेछ र लक्की ड्रमार्फत विजेता घोषणा गरिनेछ । यस योजनाअन्तर्गत बम्पर उपहारमा तीन जनाले हिसेन्स ब्राण्डको मल्टी डोर रेफ्रिजेरेटर, ५० इन्चको टीभी र वासिङ मेसिन पाउनेछन्  । त्यस्तै, अन्य २० जनाले इन्डक्सन चुलो, इलेक्ट्रिक हिटर वा इलेक्ट्रिक वाटर हट पट पाउनेछन् । यो योजना दूधबाहेक अन्य दूधजन्य उत्पादनमा मात्र लागू हुने कम्पनीले जनाएको छ । असाध्यै रुचाइएको सीताराम गोकुल मिल्क्सले २८ वर्षदेखि दूध तथा दूधजन्य उत्पादनहरू नेपाली बजारमा उपलब्ध गराउँदै आएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया