Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगरियलमीको सी ५१ र सी ५३ बजारमा

रियलमीको सी ५१ र सी ५३ बजारमा


काठमाडौं । स्मार्टफोन ब्रान्ड रियलमीले दुई ग्राउन्ड ब्रेकिङ स्मार्टफोनहरू बजारमा ल्याएको छ । कम्पनीले रियलमी सी ५१ र रियलमी सी ५३ नेपाली बजारमा सार्वजनिक गरेको हो ।

रियलमी नेपालका कन्ट्री हेड मुनिष गिरीले रियलमी सी ५१ र सी ५३ यी दुवै फोन प्राइस सेग्मेन्टका लागि अत्यन्तै उत्कृष्ट रहेको बताए । रियलमी सी ५१ मा मेमोरीमा लिप फर्वाड गरेको र सी ५३ मा क्यामेरामा लिप फर्वाड गरेको उनले जानकारी दिए । कम्पनीका अनुसार रियलमी सी ५१ मा भएको ३३ वाटको सुपरभोक फास्ट चार्जरको मद्दतले ५० प्रतिशत चार्ज मात्र २८ मिनेटमा हुन्छ । साथै, यो फोन सात दशमलव ९९ एमएमको अल्ट्रा–स्लिम डिजाइनसहित यस प्राइस सेग्मेन्टकै सबैभन्दा स्लिम फोन हो । यो फोनमा ५० मेगापिक्सेल एआई क्यामेरा, १२८ जीबीको स्टोरेज, ४ जीबीको बिल्ट–इन -यामका साथै डीआरई टेक्नोलोजीमार्फत थप ४ जीबी -याम, ५००० एमएएचको हेभी ब्याट्री रहेको छ । साथै, रियलमी सी ५१ मा अक्टा–कोर चिपसेट राखिएको छ ।

यस्तै, कम्पनीको रियलमी सी ५३ मा १०८ मेगापिक्सेल अल्ट्रा क्लियर क्यामेरा रहेको छ । यो अत्याधुनिक क्यामेराले कमजोर लाइटिङ कन्डिसनमा समेत उच्च क्ल्यारिटी र उच्च डिटेल्ड तस्वीर खिच्न सक्ने कम्पनीको दाबी छ । सात दशमलव ९९ एमएम अल्ट्रा स्लिम, प्रिमियम च्याम्पियन डिजाइन, १८ वाट क्विक चार्ज सुविधा, ५००० एमएएचको विशाल ब्याट्री, १२ जीबीसम्मको डायनामिक -याम, १७ दशमलव १३ सेन्टिमिटर (छ दशमलव ७४ इन्च) ९० हर्जको डिस्प्ले यो फोनका मुख्य विशेषता हुन् । रियलमी सी ५१ दुई कलरः मिन्ट ग्रिन र ब्ल्याकमा उपलब्ध छ भने रियलमी सि ५३ गोल्ड र ब्ल्याक कलरमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । रियलमी सी ५१ ४/६४ जीबी भेरियन्टमा १५ हजार नौ सय ९९ रुपैयाँमा र रियलमी सी ५३ ४/१२८ जीबी भेरियन्टमा १७ हजार नौ सय ९९ रुपैयाँमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया