सामसङ मोबाइल किन्दा नौ जनालाई स्कुटर
काठमाडौं । सामसङ नेपालले ‘सामसङ मोबाइल च्याप्पै, स्कुटर झ्याप्पै’ दशैं कन्जुमर प्रमोसन योजनाका नौ जना भाग्यशाली विजेताको घोषणा गरेको छ । नौ जना विजेताहरूले सामसङ मोबाइल किन्दा एक÷एकवटा टीभीएस एक सय २५ सीसी स्कुटर जितेका छन् ।
सो विजेतालाई असोज दुईदेखि असोज १५ सम्मको प्रवद्र्धनात्मक अवधिमा सामसङ स्मार्टफोन वा ट्याब्लेट खरिद गर्ने सहभागीहरूको समूहबाट छनोट गरिएको हो । हरेक वर्षजस्तै यो वर्ष पनि सामसङले दशैं कन्जुमर प्रमोसन योजना सञ्चालन गरेको छ । सुरुवात भएदेखि नै यो योजना निकै लोकप्रिय भएको कम्पनीको दाबी छ । यस्तै, असोज ५ र असोज ७ का दुई विजेताले आफ्नो स्कुटर दाबी समेत गरिसकेका छन् । सो विजेताहरू ताम्राकार कम्प्लेक्सको स्मार्ट जोन मोबाइल एण्ड एसेसरिजबाट सामसङ ग्यालेक्सी एम १४ फाइभजी खरिद गरेकी ललितपुरको कुमारीपाटीकी लीला गमाल र भक्तपुरको स्मार्ट टेक जोन इन्टरप्राइजेजबाट सामसङ ग्यालेक्सी ए२४ खरिद गरेकी भक्तपुरकी जेनी भलान्द्यो रहेका छन् ।
यो योजना अझै निरन्तर रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार अझै पनि १३ वटा स्कुटर जित्न बाँकी नै छ । कुनै पनि सामसङ स्मार्टफोन वा सामसङ ट्याब्लेट खरिद गरी ती स्कुटर जित्न सकिने बताइएको छ । यो योजना कात्तिक ३ गतेसम्म रहने कम्पनीले बताएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- आठ वर्षपछि फेरि किन बढ्यो ‘लोडशेडिङ’ हुने डर ?
- युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, रुसमा चर्को आक्रोश
- डेडिकेटेड ट्रंक लाइन बिबादमा टिओडी मिटर गणना गर्न विज्ञ समिति गठन
- मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
- जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया