Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगटेलिकमको प्रोमोसनल अफर

टेलिकमको प्रोमोसनल अफर


काठमाडौं । नेपाल टेलिकमले एनटी फाइबर सेवाका व्यक्तिगत प्याकेजमा प्रोमोसनल अफर उपलब्ध गराउने भएको छ । कम्पनीले आगामी बिहीबारदेखि लागू हुनेगरी सो अफर उपलब्ध गराउन लागेको हो ।

यस अफरअन्तर्गत सेवाग्राहीको अत्याधिक रूचि देखिएको एनटी फाइबर सेवालाई थप आकर्षक बनाउन हाल उपलब्ध गराउँदै आएको स्पिडलाई दुई सय ५० प्रतिशतसम्म पुग्नेगरी व्याण्डविथमा बढोत्तरी गरिएको छ । सेवाग्राहीहरूको रुचि र चासो रहेको एनटी फाइबर सेवामा कम्पनीले सहुलियत प्रदान गर्न लागेको हो । यस अफरमा हाल १० एमवीपीएस गतिको इन्टरनेट प्रयोग गरिरहेका सेवाग्राहीले सोही मूल्यमै २५ एमवीपीएस र २० वा ३० एमवीपीएस गतिको इन्टरनेट चलाइरहेका सेवाग्राहीले सोही मूल्यमा ५० एमवीपीएसको सेवा प्रयोग गर्न सक्नेछन् ।

यसैगरी ४० एमवीपीएस गतिको सुविधा प्रयोग गरिरहेका ग्राहकहरूले सोही मूल्यमा अबदेखि १०० एमवीपीएसको सेवा प्राप्त गर्ने कम्पनीले जनाएको छ । हाल ८० एमवीपीएस सेवा लिइरहेकाहरूलाई पुरानै दरमा एक सय ५० एमवीपीएस गतिको सेवा उपलब्ध हुनेछ । यसका साथै हाल उपलब्ध हुँदै आएको फेयर युज पोलिसी लिमिटेडलाई समेत बढोत्तरी गरिएको कम्पनीले जनाएको छ ।

साथै, हाल ३० एमवीपीएस र सोभन्दामाथिको एक वर्षको प्याकेज लिँदा दैनिक तीन सय एमवी डाटा सेवाको सुविधा पनि उपलब्ध हुनेछ । यो सेवा उपयोग गर्नका लागि एनटी फाइबर सेवा लिँदा उपलब्ध गराइएको टेलिकमको मोबाइल नम्बरबाट स्टार१४१६ह्याक्स डायल गर्नुपर्छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया