कोकाकोलाद्वारा नारायणी माविलाई ग्राउण्डवाटर रिचार्ज हस्तान्तरण
काठमाडौं । स्प्लास नेपालको कार्यान्वयन टिमसँग मिलेर कोकाकोला बेभरेज नेपालले चितवनको नारायणी मोडेल माविलाई रेन वाटर हार्भेस्टिङ, ग्राउन्ड वाटर रिचार्ज र स्वच्छ खानेपानी आयोजना हस्तान्तरण गरेको छ ।
गत भदौमा सुरु भएको यस परियोजना १८ असोजमा सम्पन्न गरी वडाध्यक्ष परमेश्वर खनालको उपस्थितिमा नारायणी मोडेल माध्यमिक विद्यालयलाई हस्तान्तरण गरिएको हो । चितवनको सबैभन्दा ठूलो नमुना सामुदायिक विद्यालय नारायणी मोडेल सेकेन्डरी स्कुलमा परियोजनामार्फत पिउने पानीका लागि १२ बोतल फिलरका ट्याप र आठवटा बबलर फसेट ट्यापसहित दुईवटा युएफ फिल्टर सिस्टम जडान गरिएको छ । साथमा डुअल स्पाउटसहित चारवटा बाटर स्टेसन पनि जडान गरिएको छ । परियोजनामार्फत सम्भावित पानी रिचार्जको अपेक्षित मात्रा भने वार्षिक १८ लाख लिटर अनुमान भएको छ ।
साथमा बाल क्लबहरू सिर्जना गरी पनि सेभेन फ्याट्स (सेभेन फ्ल्याग अप्रोच फर टोटल स्यानिटरी प्रोग्राम) सञ्चालन गरिएको थियो । यस कार्यक्रमको लक्ष्य भनेको नेपाल सरकारले विद्यालयमा रहेको वास इन्फ्रास्ट्रक्चरमा आधारित विद्यालयलाई प्रदान गरिने रेटिङमा विद्यालयलाई तीन ताराको स्ट्याटस प्राप्त गर्न मद्दत पु-याउनु थियो । त्यसैगरी विद्यालयद्वारा फिल्ट्रेसन प्रणाली मर्मत सम्भारका लागि तालिम पनि दिइएको थियो । नारायणी मोडेल माध्यमिक विद्यालयका प्रधानाध्यापक रामशरण दुवाडीले विद्यालय परिसरमा भरपर्दो र दिगो खानेपानी आपूर्ति स्थापना भएको बताए । जमिनमा रिचार्ज हुने पानी र आपूर्ति गरिने पिउने पानीले प्रकृति र यहाँका विद्यार्थीलाई सकारात्मकरूपले फरक पार्ने उनको भनाइ थियो ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- आठ वर्षपछि फेरि किन बढ्यो ‘लोडशेडिङ’ हुने डर ?
- युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, रुसमा चर्को आक्रोश
- डेडिकेटेड ट्रंक लाइन बिबादमा टिओडी मिटर गणना गर्न विज्ञ समिति गठन
- मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
- जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया