Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएनआईसी एसिया क्यापिटल र फोन पेबीच सम्झौता

एनआईसी एसिया क्यापिटल र फोन पेबीच सम्झौता


काठमाडौं । एनआईसी एसिया क्यापिटल लिमिटेड र फोन पेबीच सम्झौंता भएको छ । यही असोज २१ गते फोन पेमा कार्यरत कर्मचारीहरु एनआईसी एसिया क्यापिटलबाट उपलब्ध हुने सेवाहरुसहित धितोपत्र बजार, लगानी व्यवस्थापन सेवा तथा लगानी व्यवस्थापन परामर्श सेवा उपलब्ध गराउनेसम्बन्धी द्विपक्षीय सम्झौता सम्पन्न भएको हो ।

उक्त सम्झौताअनुसार एनआईसी एसिया क्यापिटलले फोन पेमा कार्यरत कर्मचारीहरुलाई क्यापिटलले उपलब्ध गराउन सेवाहरु जस्तैः लगानी व्यवस्थापन र लगानी व्यवस्थापन परामर्श, निःशुल्क डिम्याट अनि मेरो सेयर खाता, सिस्टमेटिक इन्भेष्टमेन्ट प्लान (एसआईपी)मा सहभागी हुने तरिका तथा फाइदाहरुका साथै धितोपत्रको दोस्रो बजार, मुद्रा बजार उपकरणहरु, दोस्रो बजारमा सूचीकृत कम्पनीहरुमा लगानी गर्दा कहिले कसरी लगानी गर्न सकिन्छ र लगानीसम्बन्धी निर्णय लिँदा विशेष ध्यान दिनुपर्ने कुराहरुको सम्बन्धमा आवश्यक तालिम तथा प्रशिक्षण प्रदान गर्नेछ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया