Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधलोमसको ‘ह्यान्ड–एक्स’ ह्यान्ड स्यानिटाइजर ५ सय एमएलको बोतलमा

लोमसको ‘ह्यान्ड–एक्स’ ह्यान्ड स्यानिटाइजर ५ सय एमएलको बोतलमा


काठमाडौं, वैशाख २८
औषधि उत्पादक कम्पनी लोमस फार्मास्युटिकलले ‘ह्यान्ड–एक्स’ ह्यान्ड स्यानिटाइजर ५ सय एमएलको बोतलमा पनि उत्पादन गरी बजारमा ल्याएको छ । विगत तीन दशकदेखि औषधि उत्पादन गर्दै आएको लोमसले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण हुन नदिन प्रयोग गरिने स्यानिटाइजर स्वदेशमा नै उत्पादन गर्ने उद्देश्यले उत्पादन थालेको जनाएको छ ।

सुरुमा कम्पनीले १ सय एमएलको बोतलमा स्यानिटाइजर बजारमा ल्याएको थियो । उपभोक्ताको सन्तुष्टि र बजारको बढ्दो मागलाई ध्यानमा राखेर ५ सय एमएलको बोतलमा पनि उत्पादन गरेर बजारमा पठाइएको कम्पनीका प्रबन्धक प्रनबजंग पाण्डेले जानकारी दिए । उनले ह्यान्ड स्यानिटाइजर नेपाल सरकारको अनुमति तथा विश्वस्तरीय मापदण्डअनुसार उत्पादन गरिएको जानकारी दिए । ५ सय एमएलको बोतलको स्यानिटाइजरको बजार मूल्य पाँच सय १५ रुपैया पर्नेछ । बजारमा यो स्यानिटाइजर सबै औषधि पसल तथा डिपार्टमेन्टल स्टोरहरुमा पाइने जानकारी पाण्डे दिए ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x