Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारफेडेरल रिइन्स्योरेन्स ब्रोकरको साधारणसभा

फेडेरल रिइन्स्योरेन्स ब्रोकरको साधारणसभा


काठमाडौं  । नेपाल बीमा प्राधिकरणबाट इजाजतपत्रप्राप्त नेपालकै पहिलो पब्लिक लिमिटेड कम्पनी फेडेरल रिइन्स्योरेन्स ब्रोकर्स लिमिटेडको दोस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीले बिहीबार रजिष्र्टड कार्यालय काठमाडौंको नक्सालमा वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।

सभामा संस्थापक समूहबाट रिक्त सञ्चालक पदमा विराटनगर–१२, मोरङ निवासी नमिता शर्मालाई बाँकी कार्यकालका लागि नियुक्त गरेको छ । साथै, सामान्य प्रस्तावतर्फ सञ्चालक समितिकोे वार्षिक प्रतिवेदन, २०७९/८० को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाहको विवरण, आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्त हुने प्रस्ताव पारित गरेको छ ।

विशेष प्रस्तावतर्फ सर्वसाधारणलाई सेयर निष्काशन, कम्पनी गाभ्ने वा गाभिन, विदेशी साझेदार वा लगानीकर्ता भित्र्याउन तथा कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा गरिएका आवश्यक संशोधनका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गरेको छ । उक्त समारोहमा संस्थालाई योगदान पु-यााउने संस्था, व्यक्ति तथा कर्मचारीहरुलाई सम्मान प्रदान समेत गरेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया