Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसिटिजन्स बैंकको साधारणसभा

सिटिजन्स बैंकको साधारणसभा


काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलको १७औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंकले शुक्रबार सञ्चालक समितिका अध्यक्ष राजनसिंह भण्डारीको अध्यक्षतामा वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।

साधारणसभाले आर्थिक वर्ष २०७९/८०को सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित गरेको छ । बैंकको लेखापरीक्षकको प्रतिवेदनसहित २०८० असार मसान्तको एनएफआरएसबमोजिम तयार गरिएको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायतका एकीकृत वित्तीय विवरणहरू स्वीकृत भएको छ । त्यसैगरी साधारणसभाले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट पाँच दशमलव ७९ प्रतिशतका दरले हुनआउने ८२ करोड २१ लाख ६१ हजार छ सय ५३ रुपैयाँबराबरकोे नगद लाभांश (लाभांश कर समेत) दिने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको छ ।

साधारणसभाबाट प्रबलजङ्ग पाण्डे, सीता कार्की (केसी), सजन शर्मा र दिग्विजय विष्ट बैंकको सञ्चालक समितिको सदस्यमा निर्वाचित भएका छन् । सभाका अध्यक्षले सेयरधनीहरूबाट प्राप्त सुझावअनुसार बैंकको कामकारबाही सञ्चालन गर्ने र भविष्यमा बैंकले अझ बढी प्रगति हासिल गर्नसक्ने विश्वास सभालाई गराए । साथै संस्थागत सुशासन तथा अनुपालनाको स्तरलाई उच्चतम राख्ने विषयमा बैंकले सदैव महत्व दिँदै आएको र आगामी दिनहरूमा समग्र बैंकको संस्थागत सुशासन तथा अनुपालनाको अवस्थालाई थप सबल तथा सुदृढ बनाउँदै जानेतर्फ बैंक प्रतिबद्ध रहेको कुरा जानकारी गराए ।

बैैंकले हाल देशैभर एक सय ८८ शाखा कार्यालय, एक सय ४८ वटा एटीएम र ९७ वटा शाखारहित बैंकिङ इकाइहरूबाट १६ लाख ६२ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया