Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनेपालबाट मनसुन बाहिरियो

नेपालबाट मनसुन बाहिरियो


काठमाडौं । नेपालमा गत जेठ ३१ गते भित्रिएको यस वर्षको मनसुन आइतबारदेखि बाहिरिएको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा मनसुन बाहिरिने सरदर मिति अक्टोबर २ रहेकामा यस वर्ष १३ दिन ढिलो गरी बाहिरिएको हो । यस वर्षको मनसुन एक सय २४ दिनजति नेपालमा रहेको छ । यही असोज १९ गतेदेखि मनसुन क्रमिकरूपमा बाहिरिन सुरु गरेको थियोे ।

यसैबीच पश्चिमी न्यून चापीय प्रणालीको कारणले सोमबारदेखि नेपालको सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षा तथा उच्च पहाडी भेगमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया