Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएनएमबी बैंकको पुतलीसडक शाखा ई–पेमेन्ट हब

एनएमबी बैंकको पुतलीसडक शाखा ई–पेमेन्ट हब


काठमाडौं । एनएमबी बैंकले आफ्नो पुतलीसडक शाखालाई एनएमबी ई–पेमेन्ट हबको रूपमा उद्घाटन गरेको छ । बैंकका अनुसार यस हबको प्रयोग गरी ग्राहकले भिसा शुल्क भुक्तानी, विदेशस्थित शिक्षण संथामा विद्यार्थी भर्ना आवेदन शुल्क, पीटीई, एसएटी, युएसएमएलई, फ्लाइवायर स्विफ्ट, जीआरई, एसीसीएजस्ता विविध अनलाइन भुक्तानी सेवा लिन सक्नेछन् ।

एनएमबी ई–पेमेन्ट हब स्वीकृत विद्युतीय भुक्तानी उपकरणहरू प्रयोग गरी ग्राहकका लागि सहज र झन्झट मुक्त भुक्तानी सेवा अनुभव सुनिश्चित गर्दै उत्कृष्ट ग्राहक सेवा प्रदान गर्न प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ । द फाइनान्सियल टाइम्स, लन्डनको ’द बैंकर म्यागाजिन’ ले एनएमबी बैंकलाई प्रतिष्ठित बैंक अफ द इयर एसिया–२०२१ बाट सम्मानित गरेको छ । बैंकले २०१७, २०१८, २०२० र २०२१ मा बैंक अफ द इयर पनि पाएको छ । बैंकका हाल दुई सय एक वटा शाखा, एक सय ४९ एटीएम र १२ एक्सटेन्सन काउन्टर सञ्चालनमा रहेका छन् ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया