Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारज्योति विकास बैंकको क्यूआर अडियो अलर्ट

ज्योति विकास बैंकको क्यूआर अडियो अलर्ट


काठमाडौं । ज्योति विकास बैंकले क्यूआर कोडमार्फत् भएको भुक्तानीको जानकारी भ्वाइस मेसेजबाट तत्काल प्राप्त हुने नवीन प्रविधिमा आधारित ‘कोइली क्यूआर अडियो अलर्ट डिभाइस’ सेवा सार्वजनिक गरेको छ ।

बैंकले डिजिटल बैंकिङलाई थप सरल, सहज र सुरक्षित बनाउने उद्देश्यका साथ बैंकको क्यूआर कोड भुक्तानी प्रणालीमा आबद्ध मर्चेन्ट र ग्राहकलाई सहजता प्रदान गर्न यो सेवा सुरु गरेको हो । यस सेवा अन्तर्गत क्यूआर अडियो अलर्ट डिभाइसमा रहेको क्यूआर कोडमार्फत् कारोबार गरेपछि मर्चेन्ट तथा ग्राहकहरूले भुक्तानी सफलतापूर्वक भएको सूचना तत्काल भ्वाइस मेसेजमार्फत प्राप्त गर्नेछन् । यो सेवाले भुक्तानीको तत्काल प्रमाणीकरण गरी व्यवसायी तथा ग्राहकबीच डिजिटल भुक्तानीमा विश्वसनीयता कायम गर्न मद्दत गर्ने विश्वास बैंकले लिएको छ ।

बैंकले हाल सबै क्षेत्रमा गरी एक सय २१ वटा शाखा कार्यालय, तीनवटा विस्तारित काउन्टर तथा ७५ वटा एटीएममार्फत् बैंकिङ सेवा उपलब्ध गराउँदै आएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया