ब्रोकर एसोसिएसनका अध्यक्ष ढकाल एसियन प्रोफेसनल योङ इन्टरप्रिनियर्स अवार्डबाट सम्मानित
काठमाडौं । धितोपत्र ब्रोकर एसोसिएसनका अध्यक्ष तथा हिमालयन ब्रोकरेज कम्पनी लि.का अध्यक्ष सागर ढकाल योङ इन्टरप्रिनियर्स अवार्डबाट सम्मानित भएका छन् । युवा उद्यमशीलतामार्फत् कृषि, व्यापार र समाज सेवामा योगदान पु¥याएबापत् ढकाललाई “एसियन प्रोफेसनल अचिभमेन्ट अवार्ड” अन्तर्गतको “योङ इन्टरप्रिनियर्स अवार्ड” प्रदान गरिएको हो ।
सिजन मिडियाको आयोजनामा गरिएको कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले विशेष सम्मान सहित उक्त अवार्ड प्रदान गरेका हुन् । युवा उद्यमी ढकाल व्यावसायिक तथा सामाजिक क्षेत्रमा सक्रिय रहेका छन् । उनको पर्यटन, कृषि, वित्त, सूचना–प्रविधि, हस्पिटालिटी, कानुनी परामर्श सेवा, लगानी सहजीकरण र व्यापार व्यवसाय लगायतका थुप्रै क्षेत्रमा संलग्नता रहेको छ । ढकालले पछिल्लो समय धितोपत्र ब्रोकर व्यवसायलाई मुख्य व्यवसाय बनाएर अघि बढेका छन् । उनकै पहलमा १६ वर्षपछि पहिलो पटक नयाँ ब्रोकर कम्पनीले लाइसेन्स पाउन सफल भएका थिए भने यस क्षेत्रमा रहँदै आएको सिण्डिकेट समेत तोडिन पुगेको थियो । उनी नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गतको पुँजीबजार फोरमका केन्द्रीय सदस्य समेत हुन् ।
ढकालले व्यवस्थापनमा त्रिभुवन विश्वविद्यालयबाट स्नात्तकोत्तर उत्र्तीण गरेका छन् भने त्रिभुवन विश्वविद्यायलयबाटै कानुन संकायमा समेत स्नातक गरेका छन् । कानुन व्यवसायीसमेत रहेका ढकाल पाटन उच्च बारका कार्यसमिति सदस्य हुन् । हाल उनले त्रिभुवन विश्वविद्यालयबाट भाषा विज्ञानमा विद्यावारिधी गरिरहेका छन् । अवार्ड प्राप्त गरेपश्चात् आफूलाई अझ बढी जिम्मेवारी बोध भएको र आगामी दिनमा युवा उद्यमशीलताको विकास, नेपालको पुँजीबजारको सुधार र सुदृढीकरणका लागि थप सक्रिय रहन प्रेरणा मिलेको ढकालले बताए ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया