Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठशेयर बजारदोहोरो अंकले उक्लियो सेयर बजार

दोहोरो अंकले उक्लियो सेयर बजार


काठमाडौ । सेयर बजार परिसुचक (नेप्से) दोहोरो अंकले उकालो लागेको छ । अघिल्लो दिन २३ दशमलव १६ अंकले ओरालो लागेको बजार परिसुचक साताको तेस्रो कारोबार दिन आज मंगलबार १३ दशमलव १८ अंकले उकालो लागेर १८ सय ६४ दशमलव ६२ बिन्दुमा उक्लिएको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव शुन्य आठ अंकले उकालो लागेर तीन सय ५८ दशमलव ८३ बिन्दुमा उक्लिएको छ ।

धितोपत्र बजारमा आज दुई सय ८९ वटा कम्पनीहरुको सेयर किनबेच भएका छन् । जसबाट ४५ हजार चार सय ५६ पटकको कारोबारमा ३८ लाख १३ हजार दुई सय ३३ कित्ता सेयर किनबेच भएका छन् । सोही किनबेचका आधारमा आज कुल कारोबार रकम एक अर्ब ८४ लाख ३७ हजार आठ सय ६० रुपैंयाँ कायम भएको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) आज १३ वटा उपसमुहहरुको सेयर कारोबार भएका छन् । जसमध्ये निर्जीवन बीमा, होटल तथा पर्यटन र टे«डिङ उपसमुहहरुको सुचक ओरालो लागेका छन् भने बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा सहितका १० वटा उपसमुहहरुको सुचक उकालो लागेका छन् ।


क्याटेगोरी : शेयर बजार

तपाईको प्रतिक्रिया