भारतको अदालतद्वारा समलिंगी विवाहलाई कानुनी मान्यता दिन अस्वीकार
काठमाडौं । भारतको सार्वोच्च अदालतले समलिंगी विवाहलाई कानुनी मान्यता दिन अस्वीकार गरेको छ । समलिंगी विवाहलाई कानुनी मान्यता दिनुपर्ने माग गर्दै दायर भएको सार्वजनिक सरोकारको रिटमा आज(मंगलबार) फैसला सुनाउँदै यस्तो निर्णय आएको हो ।
सर्वोच्चले यस्तो विवाहलाई कानुनी मान्यता दिने अधिकार अदालतलाई नभई संसदलाई भएको दाबी गरेको छ । प्रधानन्यायाधीश डि वाई चन्द्रचुडले समलिंगी विवाहलाई मान्यता दिने कि नदिने भन्ने कानुन बनाउने अधिकार अदालतलाई नभई विधायिका (संसद)लाई भएको टिप्पणी गरे । लाइभ ल अनुसार समलिंगी विवाहलाई कानुनी मान्यता दिन माग गरिएको रिटमा प्रधानन्यायाधीशसहित पाँच जना न्यायाधीशको इजलासमा सुनुवाइ गर्दै फैसला सुनाइएको हो । प्रधानन्यायाधीश चन्द्रचुडले भने,‘यो अदालतले कानुन बनाउन सक्दैन् । अदालतले कानुनको ब्याख्यामात्र गर्न सक्छ ।’
सर्वोच्चले समलिंगी जोडीलाई बच्चा एडप्ट गर्न पाउने अधिकार पनि नभएको टिप्पणी गरेको छ । यो विषयमा पनि पाँचमध्ये तीन न्यायाधीशले बच्चा एडप्ट गर्न नहुने र दुई जना न्यायाधीशले एडप्ट गर्न हुने पक्षमा उभिएका थिए । तीन जना न्यायाधीशहरुले दिनु हुँदैन भनेर राय दिएपछि बहुमतका आधारमा भएको फैसला लागू हुने छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
- दाङमा तोरीको उत्पादन बढ्दै
- कपिलवस्तुमा पाटेबाघको छालासहित एक व्यत्ति पक्राउ
- एनपिएलको ट्रफी सार्वजनिक
- अष्ट्रेलियाका लागि नेपाली आवासीय राजदूत पदमा चित्रलेखा यादव नियुक्त
- एनपिएलले नेपालको पर्यटन प्रवर्द्धन र युवा प्रतिभालाई उजागर गर्नेछ: प्रधानमन्त्री ओली
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया