सुरक्षा मापदण्ड अपनाएर वर्कशप खोल्न नाडाको आग्रह
काठमाडौं, वैशाख २९
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले सुरक्षा मापदण्ड अपनाएर मात्रै अटोमोबाइल वर्कशप खोल्न व्यवसायीहरुलाई आग्रह गरेको छ । विश्वव्यापी रुपमा बढ्दो कोरोना भाइरस नियन्त्रण गर्न सरकारले लकडाउन गरे पनि गत बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले कुल ४४ किसिमका उद्योग र व्यवसायहरु खोल्न दिने निर्णय गरेको छ ।
आवश्यक सामान ढुवानी गर्ने एम्बुलेन्स लगायत प्रहरी, सुरक्षाकर्मी तथा स्वास्थकर्मीका सवारी साधनहरु मर्मतका लागि अति आवश्यक हुने वर्कशप, सर्भिसिङ सेण्टर र त्यसका लागि स्पेयर पार्टसहरु समेत आवश्यक हुने र त्यसको डेलिभरी गर्नुपर्ने भएकोले नाडाले आफूअन्तर्गतका सम्पूर्ण कम्पनी प्रतिष्ठानहरुलाई सुरक्षा मापदण्ड अपनाएर मात्रै सञ्चालन गर्न आग्रह गरेको हो ।
उद्योग व्यवसाय, वर्कशप, सर्भिस सेण्टर र स्पेयर पार्टस लगायत टायरट्युब, लुब्रिकेण्ट्स र ब्याट्रीहरु डेलिभरी गर्दा नाडाबाट जारी गरिएको गाइडलाइनलाई अनिवार्य रुपमा पालना गर्न नाडाले आग्रह गरेको छ । नाडाले खाना, खाजा र चिया सम्भव भएसम्म घरबाटै ल्याउन, पैसा, चेक, कागजपत्र लगायतका लेनदेनमा तथा कुनै पनि सामान वा वस्तु छुँदा पञ्जाको प्रयोग गर्न, सामाजिक दूरी कायम गर्न, वर्कशपहरुमा सकेसम्म एसीको प्रयोग नगर्न र अधिकतम रुपमा भेन्टिलेसनको व्यवस्था गर्र्न आग्रह गरेको छ ।
यसैगरी नाडाले वर्कशप, पसल वा अफिसहरुमा सकेसम्म आलोपालो गरेर बस्न, अफिसका ढोका, ह्याण्डिल, वासरुम स्यानिटाइज्ड गर्न, मास्क र पञ्जाको प्रयोग नगरेका ग्राहकलाई प्रवेशमा नै रोक लगाउन, गाडी वाशिङ गर्ने कर्मचारीले हर समय पीपीई लगाउन, कम्तीमा ३ दिनसम्म गोदाममा स्टक राखेर मात्र स्पेयर पार्टस वा अन्य सामानहरु बिक्री गर्न आग्रह गरेको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- सर्वसाधारणका लागि खुला गरिएपछि धरहरा चढ्नेको भीड
- प्राधिकरणको उदीपुर सबस्टेसन निर्माण सम्पन्न
- मेटा र स्पोटिफाईद्वारा युरोपेली सङ्घको एआई सम्बन्धी अस्पष्ट निर्णयको आलोचना
- प्रजातन्त्रका ‘श्रीगणेश’ अर्थात् लौहपुरुष गणेशमान
- नुवाकोटमा आधुनिक बन्दी गृह
- विकास निर्माणका लक्ष्य किन सधैँ अधुरा
- संविधान संशोधनबाट राजनीतिक अस्थिरताको सम्बोधन गर्न सकिन्छ : प्रधानमन्त्री
- संविधानले विभेद र उत्पीडन अन्त्य गरी एकताको सूत्रमा आबद्ध गरेको छ: राष्ट्रपति पौडेल
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया