Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारचन्द्रमामा मानिस पठाउने भारतको योजना

चन्द्रमामा मानिस पठाउने भारतको योजना


नयाँदिल्ली । भारतले सन् २०४० सम्ममा चन्द्रमामा मानिस पठाउने योजना सार्वजनिक गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चन्द्रमामा मानिस पठाउने र अन्तरिक्ष स्टेसन स्थापना गर्ने योजना सार्वजनिक गरेका हुन् ।

भारतले आफ्नो पहिलो चालकसहितको अन्तरिक्ष मिसनका लागि आगामी शनिबार महत्वपूर्ण उडान गर्ने तयारी गरिरहेका बेला प्रधानमन्त्री मोदीले सो घोषणा गरेका हुन् । प्रधानमन्त्री मोदीले सन् २०३५ सम्म भारतीय अन्तरिक्ष स्टेसन र सन् २०४० सम्ममा चन्द्रमामा पहिलो भारतीय नागरिक पठाउने योजना बनाइएको बताएका हुन् ।

भारतले गत अगस्टमा चन्द्रमाको दक्षिणी ध्रुव नजिकै आफ्नो चन्द्रयान अवतरण गराएकोे थियो । दक्षिणी ध्रुवमा यान सफल अवतरण गराउनेमा भारत पहिलो देश बनेको छ । यस्तै सूर्यको सबैभन्दा बाहिरी भागको निरीक्षण गर्नका लागि अन्तरिक्ष यानकोे पनि सफल प्रक्षेपण गरेको छ । भारतले कम बजेटमा अन्तरिक्ष कार्याक्रम सञ्चालन गरिरहेको छ ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया