बैंकर्स संघ र फाइनान्सियल लिटरेसीबीच सम्झौता
काठमाडौं । नेपाल बैंकर्स संघ तथा फाइनान्सियल लिटरेसी नेपालबीच वित्तीय साक्षरतासम्बन्धी सहकार्य गर्ने विषयमा समझदारीपत्रमा हस्ताक्षर भएको छ । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा. चिरञ्जीवी नेपालको उपस्थितिमा सो सम्झौतापत्रमा संघका कार्यकारी निर्देशक अनिल शर्मा तथा फाइनान्सियल लिटरेसी नेपालका तर्फबाट मुख्य प्रबन्धक रमेश शर्माले हस्ताक्षर गरेका छन् ।
समझदारीअनुसार नेपाल बैंकर्स संघ र फाइनान्सियल लिटरेसी नेपालले संयुक्तरूपमा विभिन्न प्रदेशहरूमा वित्तीय साक्षरतासम्बन्धी कार्यक्रमहरू सञ्चालन गर्नेछन् । सो कार्यक्रममा पूर्वगभर्नर डा. चिरञ्जीवी नेपालले दुवै संस्था मिलेर वित्तीय साक्षरताका कार्यक्रमहरू अगाडि बढाउँदा थप प्रभावकारी हुनुका साथै आगामी दिनहरूमा यसले सार्थक भूमिका खेल्ने उल्लेख गरे । यसैगरी संघका अध्यक्ष सुनिल केसीले यस सम्झौताले वित्तीय साक्षरता तथा बैंकिङ प्रवद्र्धनमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरेको बताए । फाइनान्सियल लिटरेसी नेपालका अध्यक्ष भुवन दाहालले यस सम्झौताअनुसार संयुक्तरूपमा विभिन्न प्रदेशहरूमा वित्तीय साक्षरतासम्बन्धी कार्यक्रमहरू सञ्चालन गरिने व्यवहोरा जानकारी दिए ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 12
ताजा अपडेट
- जनसभामा जथाभाबी फोहोर गरेको भन्दै महानगरले एमालेलाई तिरायो १ लाख जरिमाना
- देशका अधिकांश भागमा आज मौसम सफा रहने पूर्वानुमान
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
- विशेष अदालतको फैसलामा चित्त नबुझेको भन्दै आयोगले गर्यो सर्वोच्चमा पुनरावेदन
- अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री
- सरकारलाई असफल हुने छुट छैन: मन्त्री अधिकारी
- विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा अघि बढेका छौँ: प्रधानमन्त्री
- कुलमानले गरेको अनियमितता छानवीन गर्न न्यायिक समिति गठन !
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया