Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगहोम अप्लाइन्सेसको लागि एलजी शीर्ष स्थानमा

होम अप्लाइन्सेसको लागि एलजी शीर्ष स्थानमा


काठमाडौं । एलजी इलेक्ट्रोनिक्सले टिभी र प्रमुख होम अप्लाइन्सेसको लागि २०२३ अमेरिकी कस्टमर स्याटिसफ्याक्सन इन्डेक्स(एसिएसआई) सर्वेक्षणबाट उत्कृष्टताको मान्यता प्राप्त गरेको छ ।

ग्राहकको प्रतिक्रियामा आधारित उत्कृष्ट उत्पादनहरू प्रदान गरेर उपभोक्ताहरूको दैनिक जीवनलाई समृद्ध बनाउने एलजीको दृढ प्रतिबद्धतालाई एसिएसआई नतिजाहरूले जोड दिने कम्पनीको दाबी छ । एसिएसआई एक प्रख्यात र एक मात्र अमेरिकी संस्था हो, जसले उद्योगहरूको ग्राहकको सन्तुष्टि मापन गर्दछ । दुई दशकभन्दा बढी विशेषज्ञता भएको उक्त संस्थाले विभिन्न प्रकारका उद्योगहरूको विस्तृत मूल्यांकन गर्दछ । एसिएसआई सर्वेक्षणका निष्कर्ष अत्यन्त विश्वसनीय मानिन्छ, जुन ५ लाख भन्दा बढी ग्राहकहरूको अन्तर्वार्ताबाट साभार गरिएको हो ।

एलजीले यस वर्षको एसिएसआई टिमी क्याटगोरीमा ८३ स्कोर रेकर्ड कायम गरी शीर्ष स्थान हासिल गर्न सफल रह्यो, जुन ४ प्रतिशत उल्लेखनीय वृद्धि हो । एलजी टिभीले उत्पादनको स्थायित्व, इन्टर्नल कन्फिगरेसन, बाहिरी डिजाइन र वारेन्टी कभरेज लगायत धेरै क्याटगोरीमा ग्राहकहरू माझ लगातार उत्कृष्ट प्रदर्शन गरेको छ । साथै होम अप्लाइन्सेसको विधामा एलजीले लगातार दुई वर्ष पहिलो स्थान हासिल गरेको छ । गत वर्ष ८१ स्कोर हासिल गर्ने एक मात्र उत्पादक रहेको एलजीले, यस वर्ष ८२ अंकको साथ गौरवपूर्ण स्याटिसफ्याक्सन इन्डेक्स हासिल गरेको छ । जुन एलजीको अघिल्लो उपलब्धिभन्दा एक अंकको वृद्धि हो । एलजीले आफ्नो भिजनलाई दिगो तथा वातावरण मैत्री प्रविधिसँग एकबद्ध गरेको छ ।

अमेरिकी ऊर्जा विभागले उत्पादकहरूलाई होम अप्लाइन्सेसमा पानी र ऊर्जा खपत घटाउनका लागि विभिन्न नियमहरू र मापदण्डहरू निर्माण गरेको छ । एलजीले नेपालमा पनि बिगत ३५ बर्ष देखि दिगो तथा वातावरण मैत्री प्रविधियुक्त उत्कृष्ट उत्पादनहरू भित्र्याएर ग्राहकको उच्चतम सन्तुष्टि हासिल गरिरहेको दाबी गरेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया