Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगएनसेलको ‘रिचार्जमा बोनस अफर’

एनसेलको ‘रिचार्जमा बोनस अफर’


काठमाडौं । एनसेल आजियाटा लिमिटेडले आफ्ना प्रिपेड तथा पोस्टपेड ग्राहकका लागि आकर्षक रिचार्जमा बोनस अफर ल्याएको छ । बडा दशैँ २०८० को अवसरमा एनसेलले आफ्ना सबै ग्राहकका लागि यो आकर्षक अफर सञ्चालनमा ल्याएको हो ।

अफरअन्तर्गत एनसेलका प्रिपेड तथा पोस्टपेड ग्राहकले दुई सय रुपैयाँ वा सोभन्दा बढीको रिचार्जमा डेटा बोनस प्राप्त गर्नेछन् । यो योजना बुधबारदेखि लागू भएको र कात्तिक १५ गतेसम्म सञ्चालनमा रहनेछ । रिचार्जमा बोनस योजनाअन्तर्गत, रिचार्ज गरेको रकमको आधारमा दुई हजार एमबीदेखि आठ हजार एमबी बोनस डेटा प्राप्त हुनेछ । दुई सय रुपैयाँदेखि चार सय ९९ रुपैयाँसम्म ब्यालेन्स रिचार्ज गर्नेले चार सय एमबी अल टाइम डेटा र बेलुका ११ बजेदेखि बेलुका ६ बजेसम्म (१९ घण्टा) प्रयोग गर्न सकिने एक हजार छ सय एमबी डेटा बोनसस्वरूप प्राप्त गर्नेछन् । त्यस्तै पाँच सय रुपैयाँभन्दा बढी ब्यालेन्स रिचार्ज गर्नेले दुई हजार चार सय अल टाइम डेटा र बेलुका ११ बजेदेखि बेलुका ६ बजे सम्म (१९ घण्टा) प्रयोग गर्न सकिने पाँच हजार छ सय एमबी डेटा बोनसस्वरूप प्राप्त गर्नेछन् । बोनसस्वरूप प्राप्त डेटा भोलुम दुई दिनको दिनको लागि मान्य रहनेछ ।

यो योजनाअन्तर्गत एनसेल सापटी र ब्यालेन्स ट्रान्सफरमार्फत भएको ब्यालेन्स टप अप बोनसको लागि मान्य हुनेछैन । अन्य कुनै पनि फिजिकल वा डिजिटल माध्यमबाट रिचार्ज गर्नेबित्तिकै बोनस डेटा प्राप्त हुनेछ । यस रिचार्जमा बोनस अफरले ग्राहकलाई भ्यालु एड गर्दै सुलभ दरमा आफ्ना परिवार र साथीभाईसँग सम्पर्कमा रहिरहन मद्दत गर्ने विश्वास एनसेलले लिएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया