Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारएकै दिन थपिए २४ जना, कोरोना संक्रमित एक सय ३४ जना

एकै दिन थपिए २४ जना, कोरोना संक्रमित एक सय ३४ जना


काठमाडौं, वैशाख ३०
नेपालमा सोमबार एकै दिन २४ जना कोरोना संक्रमित फेला परेका छन् । कपिलवस्तुको यशोधरा गाउँपालिका–८ र बुद्धभूमि नगरपालिका–७ का छ जना, रुपन्देहीको समरीमाई गाउँपालिका–७ र लुम्बिनी सांस्कृतिक गाउँपालिका– ६ का छ जना र बर्दियाको राजापुर–५ का एक जना सोमबार साँझ संक्रमित भएको पुष्टि भएको हो । स्थानीय प्रशासनले कपिलवस्तु जिल्लालाई नै बन्द गरेको छ । कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि सोमबार बसेको जिल्लाको सुरक्षा समितिको बैठकले जिल्लालाई सिल गर्ने निर्णय गरेको हो ।

सङ्क्रमितमध्ये १२ पुरुष र एक महिला रहेका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । सङ्क्रमित ११ देखि ४० वर्ष उमेर समूहका छन् । सङ्क्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले विज्ञप्ति मार्फत जानकारी दिएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यससँगै नेपालका कुल सङ्क्रमितको सङ्ख्या १ सय ३४ पुगेको छ । सोमबार बिहान १० र दिउँसो एक जनामा कोरोना सङ्क्रमण भएको पुष्टि भएको थियो । तीमध्ये ३३ जना ठीक घर फर्किएका छन् । हालसम्म रेडजोनमा ३४२ रहेका छन् ।

यस्तै, सोमबार बिहान सप्तरी जिल्लामा एक जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको थियो । डाक्नेश्वरी नगरपालिका–३ का १८ वर्षीय युवकमा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यसअघि सोमबार बिहान नै कपिलवस्तुका यशोधरा नगरपालिका र बुद्धभूमि नगरपालिकामा १० जनामा सङ्क्रमण देखिएको थियो ।

यसैबीच, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सम्भावित जोखिमबाट बचाउनका लागि परीक्षणलाई तीव्रता दिएको जनाएको छ । कोरोना भाइरस रोकथाम गर्नका लागि पीसीआर परीक्षण १७ हजार ८ सय ९ र आरडीटी ५८ हजार ५ सय ४६ व्यक्तिमा गर्न सफल भएको छ । पछिल्लो २४ घण्टामा थप दुई हजार ७ सय ९९ को परीक्षण सम्पन्न गरेको छ । मन्त्रालयमा सोमबार आयोजित नियमति पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाकाले आरडीटी परीक्षण प्रदेश नम्बर १ मा सात हजार ७३७, प्रदेश नं. २ मा पाँच हजार ९२७, वाग्मती प्रदेशमा नौ हजार २९०, गण्डकी प्रदेशमा छ हजार ४८५, प्रदेश नं. ५ मा छ हजार ९८५, कर्णाली प्रदेशमा सात हजार ११४ र सुदूरपश्चिम प्रदेशमा १५ हजार नौवटा परीक्षण भएको जानकारी दिए । हाल १२ हजार ७०१ क्वारेन्टाइनमा रहेका छन् । आइसोलेसनमा १५३ जना रहेका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x