Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal


१४ अर्ब १८ करोडको ट्रेजरी बिक्री
काठमाडौं, वैशाख ३०
नेपाल राष्ट्र बैंकले १४ अर्ब १८ करोड रुपैयाँबराबरको ट्रेजरी बिल बिक्री गरेको छ । राष्ट्र बैंकका अनुसार सोमबार अपराह्न ३ बजेसम्ममा उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गरिएको हो । जारी मिति वैशाख ३० गते तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिएका थिए । बिक्री गरिएको कुुल ट्रेजरीमध्ये ९१ दिने अवधिको १० करोड, एक सय ८२ दिने अवधिको १२ अर्ब र तीन सय ६४ दिने अवधिको दुुई अर्ब आठ करोड रुपैयाँ रहेको छ ।

सोमध्ये २८ दिने अवधिको परिपक्व हुुने मिति वि.सं. २०७७ साउन २७ गते, एक सय ८२ दिने अवधिको टे«जरीको परिपक्व हुुने अवधि वि.सं. २०७७ कात्तिक २५ गते र तीन सय ६४ दिने टे«जरीको परिपक्व हुुने अवधि वि.सं. २०७८ वैशाख २८ गते तोकिएको राष्ट्र बैंकले जानकारी दिएको छ । यसअघि यही वैशाख २३ गते पनि राष्ट्र बैंकले दुुई अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिक्री गरेको थियो । सोमध्ये ९१ दिने अवधिको १० करोड र तीन सय ६४ दिने अवधिको दुुई अर्ब रुपैयाँको ट्रेजरी बिक्री गरेको थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x